उमेश बि.क / नवलपरासी ,२७ कार्तिक नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं. २ जावा अन्तर्गतरहेको प्रमुख पर्यटकीय स्थल काेलबृक्षकाे पर्यटन प्रबर्द्धनकाे लागि हाेमस्टे सन्चालन हुने भएको छ । एेतिहासिक बुद्धकालिन काेलबृक्ष संरक्षण , पर्यटन क्षेत्रको बिकास , कला सँस्कृतिको जगेर्ना , प्राचीन ककरपत्त नगरको प्रचारप्रसार गर्न साथै युवा र महिला मार्फत राेजगारी सृजना गर्दै अार्थिक समृद्धि गर्ने उद्देश्यले सरावल गाउँपालिकाले जावामा हाेमस्टे सन्चालनकाे लागि स्थानीयसंग समन्वय गर्दै विभिन्न क्रियाकलापहरु अगाडि बढाएको छ। यसै अन्तर्गत त्यहाका स्थानीयका लागि ३ दिने “होमस्टे सँचालन” सम्बन्धि तालिम कावासाेति नगरपालिका स्थित अमलटारी हाेमस्टेमा सन्चालन गरि सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जावाकाे काेलबृक्ष संरक्षण तथा पर्यटन विकासमा हाेम स्टेकाे संचालनपछि धेरै सम्भावनाकाे उजागर हुनुकाे साथै यसलाई अर्गानिक गन्तव्यकाे रुपमा प्रचारप्रसार गर्दै सबैकाे सहयाेग र साथमा अगाडि बढ्ने बताउनु भयाे । स्थानीय उत्पादनकाे बजारीकरणसँगसँगै स्थानिय स्तरमै राेजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने बताउँदै हाेमस्टेकाे सन्चालन र प्रचारप्रसारमा गाउँपालिका बिशेष काम गर्न चाहेकाे बताउनु भयाे । प्राचिन ऐतिहासिक बुद्धकालिन ककरपत्त नगर (राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रबल पर्यटकीय सम्भावना बोकेको महत्वपुर्ण स्थान जावाकाे काेलबृक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हाेम स्टे राम्रो माध्यम हुने भएकाेले हाेमस्टे संचालनका लागि गाउँपालिकाबाट स्थानीय ब्यक्तिका लागि विशेष सहयोग र साथ सहित अाफुहरुले हरपल सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। हाेमस्टे सन्चालन समापन कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरी ,वडा नं. ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय,याेजनाशाखा प्रमुख राजन बस्याल लगाएतले ३ दिनको तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न अनुरोध गर्नुभएको हाे। करिब १५ जना सहभागीता रहेकाे तालिममा हाेमस्टे संचालनकाे प्रक्रिया, अतिथि सत्कार, स्थानिय परिकारहरुकाे निर्माण, स्थानिय पर्यटकीय स्थलहरुकाे प्रवद्वन तथा सांस्कृतिक गतिविधिकाे बारेमा तालिम दिइएको प्रशिक्षक प्रेम शंकर मरदनियाले बताउनु भयाे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।