गीतकार,संगीतकार मिना लामाको परदेशको पीडा (आमा)सार्वजनिक:

गीतकार तथा संगीतकार मिना लामाको नयाँ गीत परदेशको पीडा(आमा)सार्वजनिक भएको छ।चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि निर्माण पक्षले उक्त गीत रिलिज गरेका हुन।कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विशेष अतिथिको रुपमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ रहेका थिए।

राजकुमार बानियाँको आवाजमा रहेको “परदेशको पिडा” गीतमा मिना लामा स्वयंको शब्द संगीत रहेको छ भने कृष्ण शताब्दीले यस गीतलाई संगीत संयोजन गरेका छन् । गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमाफत हेर्न सकिन्छ ।

गीतमा वर्षेनि विदेशिएका नेपाली युवाहरूको कथा-व्यथा लाई प्रस्तुत गरिएको छ । देशको लथालिङ्ग राजनैतिक अवस्थाले सिर्जना गरेको आर्थिक समस्या र बेरोजगारीका कारण घर-परिवार, आफन्त र मुलुक छोड्नुपर्दाको बाध्यता र विवशतालाई गीतमा अत्यन्त मार्मिक र सुन्दर ढंगले प्रस्तुत गरिएको छ । घरपरिवारका अनेकौं आवश्यकता पुरा गर्न र साहुको ॠण तिर्न सुनौलो भविष्यको कल्पना गर्दै विदेशिएका युवाहरूले परदेशमा झेल्नुपरेको दुख पीडालाई गीतमा रोदनको रूपमा प्रस्तुत गरिएको छ । स्वदेशमा घरपरिवारले विदेशमा विकसित ठाउँमा सुख-सयलले बसेको, राम्रै कमाइ गरेको वाहिरी कुराहरुलाई मात्रै देख्छ । परदेशीको पिडा-रोदनलाई वास्तविक रूपमा आमाले मात्रै बुझ्ने कुरालाई यस गीतमा आमाको माया-ममता र महानतालाई उठान गरेको छ ।

यस गीतको भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ।गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने राजेश कुमारले भिडियो सम्पादन गरेका हुन्।गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन्।

भिडियो सार्वजनिक कार्यक्रम डिजिएस अनलाईन मिडिया
नेपाली सेलो म्युजिक,सदाबहार टिभीको समन्वयमा सम्पन्न गरिएको थियो।कार्यक्रम डिजिएस अनलाईन टिभीका प्रस्तोता सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot