कपिलवस्तु, असोज १३
अभिनेता तथा गायक श्याम कुमार मिश्र सवारी दुर्घटनामा परि गम्भिर घाईते भएका छन् । कृष्णनगर बाट विजयनगर भै चन्द्रौटा जाने क्रममा खडैचा भन्दा केही पहिले
आफै सवार मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा अभिनेता मिश्र गम्भिर घाईते भएका हुन् ।
पारिवारिक स्रोतका अनुसार प्रहरी चौकी नजिकैको पोखरीमा लडेको अवस्था उनलाई गाउँलेहरुले निकालेर अस्पताल पुर्याएका थिए । उनलाई गाउलेहरुले भेट्दा उनी अचेत अवस्थामा रहेका थिए ।अहिले स्वास्थ्य उपचार पश्चात स्वास्थ्यमा सुधार आएको छ । उनी अहिले दोहोरो कुरा गर्न सक्ने अवस्थामा रहेको उनका परिवारले जानकारी दिएका छन ।अभिनेता मिश्रको शरिरको विभिन्न ठाउँमा गम्भिर चोट लागेको बुझिएको छ । उनले भोजपुरी र नेपाली आधा दर्जन गीत गाउनु भएको छ भने नालायक, देउता, ब्वाइफ्रेण्ड लगायत फिल्ममा अभिनय गरेका छन् भने केहि भोजपुरी गीत आफैले समेत गाएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

