राष्ट्रिय दैनिक / १३ असाेज
भारतमा एक नेपालीको हत्या गरिएको छ।स्याङ्जा जिल्ला,उमाकोट,भकुण्डे निवासी हाल सुनवलकाे भुमही अस्थायी बसाेबार गरिरहेकाे हिमाल गौडेलका जेठा छोरा बर्ष २८ का कृष्ण गौडेलकाे हत्या भएको हाे।
रोजगारिको शिलशिलामा भारत,दिल्ली-नोयडा अस्थायी बसोबास रही भाद्र २४ गते अर्थात 09 Sep 2021 का दिन नेपाल फर्कने क्रममा उत्तरप्रदेश-गोरखपुरमा बिहान ७:०० बजे रिक्सामा सवार भै बस अड्डा जाने क्रममा केही ब्यक्तीबाट कुटपिट र लुटपाट पश्चात् अन्त्यमा रड प्रहार गरि गौडेलकाे हत्या गरिएको रहस्य वाहिरीएकाे छ।
भाद्र २४ गते हत्या पश्चात् उक्त घटना लुकाउन शबलाई नष्ट गर्ने योजना सहित सोही रिक्सामा लगिरहेको अवस्थामा गोरखपुर-उत्तरप्रदेश निवासी १८ बर्षिय एक युवालाई उक्त रिक्सा चालक र सवार ब्यक्ति माथी शन्का लागि रिक्सा रोकी हेर्दा शव देखे पश्चात् प्रहरीलाई खबर गरि उक्त समूह सङ्ग प्रतिकार गर्दै एक हत्यारा तत्काल प्रहरीले युवा प्रदिप यादवको प्रयासले पक्राउ गर्न सफल भएको हाे।

पुन शाहपुर चौकी प्रमुख SI दुर्गेश कुमारको नेतृत्वमा रहेको प्रहरी टोलीले पुन आर्का हत्यारालाई समेत सोही दिन ११:५५ बजे पक्राउ गर्न सफल भएको हाे।
आज उक्त घटना उपर मृतक कृष्ण गौडेललाई न्याय तथा दोषीलाई कार्वाहीको माग सहित मा.देवेन्द्रराज कण्डेल सहित मृतकाे धर्मपत्नी (४ महिने दुधे बालक सहित ),उनको बुवा,सुनवलका समाजसेवी टन्क न्यौपाने,हुनकान्त पाण्डेय लगायत गोरखपुर पुगी माननीय कण्डेलकाे विशेष प्रयासमा स्थानिय प्रशासनसंग समन्वय गरि परिवारका सदस्य तथा साहसिक युवा १८ बर्षिय प्रदिप यादवको समेत साबिकी बयान सहित दोषी लाई भा.स.१८६० को धारा ३०२ अनुरुप मृत्युदण्डको सजाय माग सहित मुद्दा दर्ता गरिएको छ।

त्यस्तै उक्त साहसिक कार्य गर्ने प्रदिप यादवलाई सम्मान स्वरुप सम्पुर्णको उपस्थितिमा उनको उज्जवल भबिस्यको कामना सहित आर्थिक पुरस्कार सहित सम्मान गर्दै सांसद कण्डेलले धन्यवाद ब्यक्त गर्नुभएको हाे।
दर्दनाक घटनामा परि दिवङ्गत हुनुभएका स्व.कृष्ण गौडेलको आत्माको चिर शान्तिको कामना गर्दै सांसद कण्डेलले भावपुर्ण श्रद्धाञ्जली समेत ब्यक्त गर्नुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

