मनोज कार्की , असोज १३ गुल्मी / गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका ३ मा अबस्थित घिमिरे होटलबाट चितुवाको छाला सहित प्रहरीले २ जनालाई प्रकाउ गरेको छ ।
चितुवाको छालाकाे काराेबार भइरहेको भन्ने गाेप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलबाट प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
चितुवाको छाला कारोबारमा पक्राउ पर्नेमा छत्रकाेट गाउँपालिका २ भेडुवाका गणेश खनालका २७ वर्षीय छाेरा सुमन खनाल र साेही ठाउँका मोतिलाल सार्कीका ३१ वर्षीय छाेरा हरि बहादुर सार्की रहेका छन् ।
पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

