राष्ट्रिय दैनिक /नवलपरासी , १३ असोज
पश्चिम नवलपरासीको व्यवसायीहरुले
सिमा नकामा मटर भण्डारण गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाएका छन् ।
मटर कारोबारमा संलग्न व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघका पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा व्यवसायीको टोलीले आफूहरुको मटरसहितका भ्याट बिल र vcts भएको गाडी नियन्त्रणमा लिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
खाद्यान्न सामग्री ओसारपसारमा प्रतिबन्ध लगाइएको भन्दै उद्योग वाणिज्य संघले व्यावसायीलाई मर्कामा नपार्न आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापन पत्र बुझाएको हुन् । पश्चिम नवलपरासी हुँदै भारततर्फ मटरको कारोबार हुँदै आएको छ । पछिल्लो समय प्रहरीले बिलविजकसहितको मटर लोड गरिएका सवारी साधन नियन्त्रणमा लिएपछि आक्रोशित मटर व्यवसायीको दबाबमा उद्योग वाणिज्य संघले मंगलबार सुरक्षा निकायको ध्यानाकर्षण गराएको हो ।
मटर, छोहडा र मरिज जस्ता सामग्री ओसारपसारमा प्रहरीले अवरोध सृजना गर्दै आएको भन्दै व्यवसायीले भारततर्फ मटर लग्न पाउनुपर्ने माग गरेका थिए । छलफलमा प्रहरी उपरीक्षक मनोजकुमार यादवसंग व्यवसायीको चर्काचर्की भएको थियो । उद्योग वाणिज्य संघका आबद्ध व्यवसायी केशव चापागार्इं र प्रहरी उपरीक्षक यादवबीच मटरसहितका सवारी साधन नियन्त्रणमा लिएको विषयमा चर्काचर्की भएको थियो ।
प्रमुख जिल्ला अधिकारी मिश्रले सुरक्षा निकायले तस्करी नियन्त्रणको जिम्मेवारी लिएको बताउँदै बिल विजक भए पनि भारततर्फ तस्करी हँुदै आएका सामानको चेकजाँच गरिने बताए । सीमा क्षेत्रमा आवश्यकताभन्दा बढी समान पठाएर भारततर्फ तस्करी गर्ने उद्देश्य प्रष्ट रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी मिश्रले त्यस्तो कार्यमा सुरक्षा निकायले साथ दिन नसक्ने स्पष्ट पारेका थिए ।

प्रहरीले पश्चिम नवलपरासीको बजार क्षेत्रमा पनि कारोबार गर्न नदिएको र सवारी साधन नियन्त्रणमा लिएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् । प्रमुख जिल्ला अधिकारी मिश्रसहित सुरक्षा निकायले बजारमा निश्चित परिमाणमा आएको मटर नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मटर तस्करी भयो भनेर आफूलाई रातमा फोन आउने गरेको प्रहरी उपरीक्षक यादवले बताए । पश्चिम नवलपरासीमा लामो समयदेखि खुल्ला सिमानाको फाईदा उठाउँदै विरगञ्ज नाका हुदै आएको मटर भारततर्फ जाने गरेको छ । नेपालमा भन्दा भारतमा महँगो भएकाले नेपाली व्यापारीले सिमानामा मटरको ठुलो परिणाम भण्डारण गरेर भारततर्फ पठाउने गर्दछन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

