रामु भुसाल,
बर्दघाट १३ असोज
नेपालगन्जका नन्कुन्नी धोबी र निर्मला कुर्मीका लागि न्याय माग्दै हिँडेको पीडित र अधिकारकर्मीको टोली बुधबार लुम्बिनी प्रदेश पार गरि गण्डकी प्रदेश प्रवेश गरेको छ।दुई महिलाको शङ्कास्पद मृत्युबारे बाँके प्रहरीले अनुसन्धान नगरेको भन्दै नेपालगञ्जबाट सिंहदरबार घेराउ गर्न पैदलयात्रामा निस्किएका पीडित र अधिकारकर्मीको टोली मङ्गलबार लुम्बिनी प्रदेश को पुर्बी द्वार बर्दघाट आइपुगेका थियो।
‘हाम्रो आन्दोलन जारी छ , नेपालगन्जदेखि काठमाडौँसम्म पैदल यात्रा जारी छ ।’ भन्दै अधिकारकर्मी रूबी खानले टोली बर्दघाट पुगेको बताएकी छन।
हत्याका दोषीहरूलाई पक्राउ गरी कारबाही गर्न तथा बाँकेका जिल्ला प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेलाई विभागीय कारबाहीको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको टोली पीडित परिवारसहित असोज १ गतेदेखि न्याय माग्दै काठमाडौँका लागि पैदलयात्रामा निस्केको हो। 
पैदल मार्चको क्रममा नवौँ दिन लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल पुगेको टोलीले शनिबार अपरान्ह ४ बजेदेखि मुख्यमन्त्री कार्यालयअगाडि लगातार तीन दिन धर्ना दिएको थियो । न्याय पाउने आश्वासन मात्र पाएको टोलीले ११ गतेदेखि पैदल मार्चलाई पुनः निरन्तरता दिएको अधिकारकर्मी रूबीले बताएकी छन् ।बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी गत ५ साउनमा मृत भेटिएकी थिइन् । झुण्डिएको अवस्थामा उनको शव घरमै भेटिएको थियो । उनी लामो समयदेखि घरेलु हिंसा व्यहोर्दै आएको र घटनाको प्रकृति हेर्दा शङ्कास्पद रहेको भन्दै प्रहरीलाई गुहारे पनि प्रहरीले अनुसन्धान नै नगरेर आत्महत्या भनिदिएको पीडित परिवारको आरोप छ ।
त्यस्तै, एकल महिला निर्मला कुर्मी गतवर्ष मङ्सिरमा बेपत्ता भइन् । १६ मङ्सिरमा स्थानीयले प्रहरीमा किटानी जाहेरी दिए । तर, प्रहरीले अनुसन्धान गरेन । अहिले उनको मृत्यु भइसकेको बताइएपछि यी दुई शङ्कास्पद मृत्युको गहिरो अनुसन्धानको माग गर्दै पीडित र अधिकारकर्मीले प्रदर्शन गरिरहेका छन् । ‘एकल महिला एकाएक बेपत्ता भइन् । खोजी गरिदिनुपर्यो भनेर अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दिँदासमेत प्रहरीले चासो देखाएन । दिनहुँ हिंसा भोगिरहेकी महिला मृत भेटिइन्, प्रहरी अनुसन्धान नै नगरी आत्महत्या भन्छ,’ अधिकारकर्मी खानले भनिन्, ‘यो देशमा सरकार छ कि छैन भनेर खोज्नका लागि हामी पैदल मार्चमा छौँ ।’ पैदल यात्रामा पीडित परिवारका सदस्यसहित १४ महिला छन् । मृतक नन्कुन्नीकी दिदी बिष्टा धोबी, बहिनी शिला र भाइ माताप्रसाद धोबी पनि मार्चमा छन् ।
मुख्यमन्त्री कार्यालयमा धर्ना दिँदा पनि माग पूरा नभएको बताउँदै अब सिंहदरबारमा धर्ना दिने आफूहरूको योजना रहेको नन्कुन्नीका भाइ माताप्रसाद धोबीले बताए । ‘मान्छेको ज्यान जाँदा पनि जिल्लाको प्रहरी र प्रशासनले सुनेन । त्यसैले हामी प्रधानमन्त्री, गृहमन्त्री र राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन राजधानी हिँडेका छौँ,’ उनले भने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल भने आन्दोलनकारीका माग सम्बोधन भइसकेको बताउँछन् । निर्मला कुर्मीको अपहरणसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालय पेश गरेको र सरकारी वकिलले नै मुल्तबीमा राखेको उनले बताए ।टोलि लाई मंगलवार इन्द्रेणी सामाजिक बिकाश मन्च पन्चनगर ले खादा र पुस्प गुच्छा ले स्वागत गर्दै न्याय को आन्दोलन मा मंच को एक्यवद्धता रहेको मंच का कार्यकारी निर्देशक बद्री प्रसाद सुवेदी ले बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

