दोरेन्द्र खड्का बझाङ, असोज १३
बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित सेतीनदीमा रहेको पानकोट पुलको मुनी बुधबार एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सार झण्डै २५ वर्ष उमेरकी महिलाको शव पुल मुनी वेवारिसे अवस्थामा भेटिएको हो ।
पुलमुनी नदीको किनारमा ग्याविन जालीमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी रुपक खड्काले जानकारी दिनुभयो । महिलाको शव चिनिने अवस्थामा नभएको र थप अनुसन्धान भैरहेको समेत डिएसपी खड्काले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

