राष्ट्रिय दैनिक /काठमाडौं ,१३ असाेज
नेपाली काँग्रेसकाे १४ अाै महाधिवेशन अन्तर्गत भऐकाे पालिका स्तरिय निर्वाचनमा नवलपरासी काे ७ (सात) पालिका मध्ये सुनवल नगर पालिका र बर्दघाट नगरपालिकाकाे परिणाम रामचन्द्र पाैडेल , कृष्णप्रसाद सिटाैला गुटकाे आएको छ । भने रामग्राम नगरपालिका , पाल्हि नन्दन गाउँपालिका र सरावल गाउँपालिकाकाे नतिजा शेर बहादुर देउवा ( देवेन्द्रराज कण्डेल ) गुट अत्यधिक मतबाट बिजय प्राप्त गरेकाे छ । भने प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका माननिय साँसद देवेन्द्रराज कण्डेल र संविधान सभा सदस्य माननीय देवकरण जय सवाल ( सन्तु) गुट अर्थात देउवा , शशांक काेईराला गुट बिच भएकाे सहमती बमाेजिम कार्यसमिति निर्बिराेध निर्वाचित भऐकाे छ ।

रामग्राम नगरपालिका सभापतिमा कंडेल समुहका श्रीधर बस्याल निर्वाचित भएका छन् । बस्यालले खनाल समुहका उमाशकर श्रीवास्तबलाई पराजित गरेका हुन् । बस्यालले १९७ मत प्राप्त गर्दा श्रीवास्तबले ११५ मत पाए । अन्य पदाधिकारीमा समेत सबै पदमा बस्याल प्यानलका उम्मेदवार विजयी भएका छन् । उपसभापतिमा नाथु यादव १९७ मत र प्रदिप खड्का २०१ मत सहित विजयी भएका छन् । श्रीवास्तब प्यानलका बलिराम यादवले १०१ मत र गिरिराज पाण्डेले ११३ मत पाए । सचिवमा बस्याल प्यानलकै चौथिप्रसाद कोहारले २०९ मत र बिकास घिमिरेले २०२ मत सहित विजयी भए । श्रीवास्तब प्यानलका प्रभन्सप्रसाद गौडले १०२ र टकप्रसाद भुजेलले ९७ मत पाए । सहसचिवमा बस्याल प्यानल कै शुभाष ज्ञवालीले १९९ र सन्दिप अग्रहरिले २१० मत सहित विजयी भएका छन् भने श्रीवास्तब प्यानलका विज्ञान सिहले ८९ मत र नेत्रप्रसाद चौधरीले १०७ मत प्राप्त गरे ।
त्यस्तै पाल्हिनन्दन गाउँपालिकामामा कंडेल समुहका हरिहर चौहान सभापति सहितको पुरै प्यानल विजयी भएको छ । चौहानले ७७ मत प्राप्त गरि विजयी हुँदा खनाल समुहका गुड्डु गुप्ताले २० मत प्राप्त गरे । उपसभापतिमा चौहान प्यानलका सादिया मुसलमान ७८ मत र शिवकुमार रौनियार ८० मत सहित विजयी भए । गुप्ता प्यानलका राजु सुनारले १६ र रञ्जित लोहारले १८ मत पाए । सचिवमा चौहान प्यानलका जितेन्द्र गुप्ताले ७६ मत र शैलेश यादवले ६९ मत प्राप्त गरि विजयी भए भने गुप्ता प्यानलका दामोदर गुप्ताले १८ र मानेश्वर शहानीले २७ मत पाए । सहसचिवमा चौहान प्यानलका पन्नालाल केवट ७३ मत र राजकुमारी चौधरी ७८ मत सहित विजयी भएका छन् भने गुप्ता प्यानलका शैलेश गुप्ताले २० मत र हृदेश तिवारीले १५ मत प्राप्त गरे ।
यसै गरि सरावल गाउँपालिकामा पनि कंडेल समुहका विनोद पाण्डेको पुरै प्यानल विजयी भएको छ । पाण्डेले ७६ मत प्राप्त गरि विजयी हुँदा खनाल पक्षका इन्द्रबहादुर चौधरीले ४० मत पाए ।
उपसभापतिमा पाण्डे प्यानलका महेन्द्र चौधरीले ८१ मत र शिवनाथ तिवारीले ७० मत प्राप्त गरि विजयी भए भने चौधरी प्यानलका उमापति बस्यालले ३७ मत र सुरज बानियाँले ३८ मत पाए । सचिवमा पाण्डे प्यानलका सञ्जय चौधरीले ६६ मत र राजु आहिर (यादव)ले ७२ मत प्राप्त गरि विजयी भए । चौधरी प्यानलका विधा न्यौपानेले ४१ मत र गोवरी यादवले ३९ मत पाए । त्यस्तै सहसचिवमा पाण्डे प्यानलका रिताकुमारी चौधरीले ६९ मत र फिरोज खाले ७२ मत सहित विजयी भए भने चौधरी प्यानलका उमा चौधरीले ३९ मत र जसराम कहारले ३९ मत पाए ।
सुस्ता गाउँपालिका सभापतिमा रविन्द्र कुमार बनियाँ (सन्तु गुट) निर्विरोध निर्वाचित भएका छन् । उपसभापतिमा नारायण पाण्डे (कण्डेल गुट) सचिवमा नारायण भण्डारी र अनिल कुमार महतो, र सहसचिवमा विधाता अहिर र जितेन्द्र कुमार थारु निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै प्रतापपुर गाउँपालिका सभापतिमा ज्ञानेन्द्र कुमार पंजियार(सन्तु गुट) निर्विरोध निर्वाचित भएका छन् ।उपसभापतिमा नाथुराम क्षेत्रि (कण्डेल गुट) र राजु प्रसाद अधिकारी, सचिवमा दिनेश उपाध्याय र कमलेश कुमार गुप्ता, सहसचिवमा निवास यादव र राजु धोवि निर्विरोध निर्वाचित भएका हुन् ।
सुनवल नगरपालिका सभापतिमा सोमबहादुर रायमाझी निर्वाचित भएका छन् रायमाझिले कंडेल समुहका खेमराज पाण्डेयलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । रायमाझीले १७६ मत प्राप्त गर्दा पाण्डेयले ४९ मत पाए । अन्य पदाधिकारीमा समेत सबै पदमा रायमाझी प्यानलका उम्मेदवार विजयी भएका छन् ।
उपसभापतिमा नेत्रप्रसाद भट्टराई १६० मत र रमेश कर्माचार्य १७३ मत सहित विजयी भएका छन् । पाण्डेय प्यानलका पेउनारायण न्यौपानेले ७७ र राधा केसी खत्रीले ३८ मत पाए ।
सचिवमा रायमाझी प्यानलकै ओमप्रकाश बाह्रघरेले १८० मत र कुलानन्द पाण्डेले १५८ मत सहित विजयी भए । पाण्डे प्यानलका नेत्रलाल शर्मा (तिवारी) ले ४८ मत र तारा पाण्डेले ५३ मत पाए ।
त्यस्तै सहसचिवमा रायमाझी प्यानलका गगाधर चापागाईंले १५७ मत र सरस्वती थापा क्षेत्रीले १८५ मत सहित विजयी भएका छन् भने पाण्डे प्यानलका केशवराज भण्डारीले ५० मत र पुरुषोत्तम पाण्डेले ४४ मत प्राप्त गरे ।
बर्दघाट नगरपालिका सभापतिमा खनाल समुहका दामोदर जिसिको प्यानल बिजय भएको छ । जिसी १९३ मत सहित विजयी हुँदा कंडेल समुहका शम्भुलाल श्रेष्ठले १३५ मत पाए ।
उपसभापतिमा मन्जु शर्मा चालिसेले १९१ मत र होमराज कुवरले १८६ मत सहित विजयी भए । श्रेष्ठ प्यानलका
गणेशकुमार पौडेलले ११३३ र अर्जुन क्षेत्रीले १४० मत पाए । सचिवमा कृष्णप्रसाद काफ्लेले १८७ र हेमबहादुर क्षेत्रीले १८५ मत सहित विजयी भए भने श्रेष्ठ प्यानलका सुर्यप्रसाद पाण्डेले ११५ मत र केदार चौधरीले १४७ मत पाए । त्यस्तै सहसचिवमा रिना गौचन गुरुङले १९५ र फडेन्द्र चौधरीले १९३ मत सहित विजयी हुँदा श्रेष्ठ प्यानलका मिना बुढाथोकीले १२५ र नरेन्द्र बहादुर क्षेत्रीले ११३ मत पाए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

