Rashtriya Dainik

जितिया पर्वकाे अवसरमा सरावल गाउँपालिकामा सार्वजनिक विदा

उमेश बि.क / नवलपरासी ,१३ असाेज

हिन्दु सामुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा बुधवार सरावल गाउँपालिकाले सार्वजनिक विदा दिएको छ।

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै १३ असोज बुधबार पालिका मातहतका वडा कार्यालय ,स्वास्थ्यचाैकी ,सामुदायिक एव संस्थागत विद्यालय र अन्य संघसंस्थाहरु बन्द रहनेगरी १ दिन (अगामि कार्यपालिका बैठकमा अनुमाेधन हुनेगरी ) सार्वजनिक विदा दिइएको राष्ट्रिय दैनिकलाई जानकारी गराएका हुन्।

थारु सहित तराईबासिहरुकाे निष्ठाको साथ जितिया पर्व मनाउने गरेका छन् । कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्।

सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि अध्यक्ष चाैधरीले दिएका छन् । उनले सबै पालिका बासिमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित