Rashtriya Dainik

भारतबाट आयात हुने केरा रोक्न माग

रंजीत शर्मा/नवलपरासी/१३ असोज ।
नेपाली बजारमा भारतीय केरा रोक्न नवलपरासी केरा उत्पादन संघले प्रदेश मन्त्रीको ध्यानाकर्षण गराएको छ । सस्तोमा पाईने भारतीय केरा नेपाली बजारमा छयाप्छयाप्ती पाउन थालेपछि उक्त आयातलाई रोक्न केरा उत्पादक संघका अध्यक्ष लख्खुयादवले लुम्बिीनी प्रदेशका कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझदै मन्त्री रायमाझीले यस समस्या सामाधानका लागि पहल गर्ने बताउनु भयो ।
नेपाली केरा भन्दा प्रति दर्जन १० रुपैया सस्तो पर्ने भारतीय विषादुीयुक्त केरा नेपालका ठुला–साना बजारमा व्यापक रुपमा बजार लिएपछि नेपाली केरा खासै विकेका छैनन । यतिबेला केरा बोटमा तयार भै पाकेर झर्न थालेका छन । केरा किन्न व्यपारीहरु नवलपरासी नपाई सिधंै भारतीय बजार पुगीरहेका छन् । नवलपरासीका केरा किसानहरु केहि व्यपारीहरुलाई आफनो समस्या देखाई प्रति दर्जन २५ देखि २८ रुपैयामा विक्री वितरण गरिरहेका छन् । ‘‘यो बर्ष यति सस्तोमा केरा बेच्नु पर्छन भनि किसानहरु सोचेका थिएनन तर के गर्ने केरा पाकेर खेतमै झर्न थालेकाले हामी किसानहरु चिन्तामा परेको प्रतापपुर गाउँपालिका ६ का केरा किसान मोतीलाल कोईले बताउनु भयो ।”
बर्षेनी नवलपरासीमा यहि समस्या छ । यो समस्या सामाधानका लागि केरा उत्पादक संघले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समेतको ध्यानाकर्षण गराई सकेको छ । भारतीय केरा आयात समयमै रोकिएन भने केरा किसानहरु असोज १६ गतेदेखि आन्दोलनमा उत्रिने चेतावी समेत दिएको संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । केरा किसानहरु भारतबाट आउने केरा र गाडी नियन्त्रणमा लिई आवश्यक कारवाही गर्ने र केरा राजमार्गमा फाली राजमार्ग समेत अवरुद्ध गर्ने संघका अध्यक्ष लख्खु यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
प्रत्येक बर्ष चाँडबाडका बेला व्यपारीहरु सस्तो खोज्दै भारतीय केरा व्यापक रुपमा नेपाल भित्राउने कार्यले नेपाली केरा बजार पाउन छोडेको छ । केराको पकेट क्षेत्रको रुपमा रहेको नवलपरासीमा केरा खेती बढदै अहिले २५०० विगाहा क्षेत्रफलमा पुगेको छ । कृषकहरु केरामा बढि उत्पादन लिन टिसु कल्चर, जि नाइन, रोबेष्टा, हरिछाल, भिम प्लस, मालभोग, बिलियम हाईब्रिड लगायतका उन्नत जातका केराको खेती गर्दै आएका छन् तर केरा महंगो भन्दै व्यपारीहरु यसरी दिनहुँ डिसिएमका डिसिएम भारतीय केरा नेपाल भित्राउने कार्यले नेपाली केराको बजार घटदै गएको छ ।
गण्डक कमाण्ड क्षेत्र केराको लागि मुख्य पकेट क्षेत्रको रुपमा लिइएको छ । यहाँ किसानहरु व्यवसायिक रुपमा केराखेती गर्ने र उत्पादनलाई मुख्य बजार नारायणघाट, बुटवल, भैरहवाँ, पोखरा, काठमाण्डांै, मुग्लिङ्ग लगायतका बजारहरु विक्री वितरण गर्दै आएका छन् तर बर्षेनी यहि समस्या देखिएपनि यस तर्फ सरकारले ध्यान पु¥याएको पाईदैन । केरा तर्फ किसानहरुलाई प्रोत्साहन गर्नु पर्नेमा बिना क्वारेन्टाईन चेकजाँचको भारतीय केरा व्यापक रुपमा नेपाल भित्री रहदा सम्बन्धित निकाय भने मौन बसेको छ । चलिरहेको केरा सिजनमा केराले उचित मुल्य र बजार पाएन भने विगतका बर्ष झै यसबर्षपनि कौडीका भाउमा गाउ–गाउँ घुमी केरा बेच्नु पर्ने अवस्था किसानहरु बताउछन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित