Rashtriya Dainik

सुस्तामा नेकपा एमालेको बृहत कार्यकर्ता भेला सम्पन्न

शुकदेव गुप्ता/ नवलपरासी/ १२ असाेज ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (एमालेको बृहत कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमाले सुस्ता गाउँपालिका कमिटीकाे आयोजनामा सुस्ता गा.पा.वडा न ५ अनुमाघाट(ठाडीघाट)मा गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुस्ता पालिका कमिटीका अध्यक्ष ज्ञान प्रसाद पाठक (संतोष)को अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य प्रदेश सभा सदस्य दीपेन्द्र कुमार अधिकारीको प्रमूख अतिथिकता,लुम्बिनी प्रदेश सचिवालय सदस्य राजू प्रसाद हरिजन,डोलराज भण्डारी,सुस्ता गा.पा.अध्यक्ष प्रमुख राम प्रसाद पाण्डेयको विशिष्ट अतिथिकतामा सम्पन भएको हो।

कार्यक्रममा राष्ट्रीय युवा संघ नेपालका सदस्य,अनेम संघ, उपस्थित रहेको थियो भने विभिन्न पार्टी परित्याग गरी ९७४ जना ने.क.पा. एमाले समेत प्रवेश गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित