Rashtriya Dainik

बझाङ एमालेमा पहिराे ८४ जना समाजवादी प्रवेश

उत्तमकुमार थापा/ बझाङ
नेपाल कम्युनिस्ट पार्टी बझाङ एमालेमा पहिराे गएको छ ।

अाज जिल्लामा एक कार्यक्रमका विच नेकपा एमाले परित्याग गरि ८४ जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन ।

हाेटेल माउन्टभ्यूकाे सभाहलमा कार्यक्रम गर्दै,नेकपा एमाले का उपसचिव रहनुभएका धन बहादुर बाेहराकाे नेतृत्वमा अाज जिल्ला कमिटी बाट १५ जना अन्य गरि ६९ जना प्रवेश भएका हुन । पत्रकार सम्मेलन गर्दै एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गर्नेको निकै लर्काे लागेको छ ।
अाजकाे पत्रकार सम्मेलनमा
१)-जिल्ला कमिटी उप-सचिब -धन बहादुर बाेहरा
२)-जिल्ला कमिटी सचिवालय सदस्य -कलक बहादुर धामि
३)-जिल्ला कमिटी सदस्य- गाेपाल ब. खड्का कल्क बि.क. साेनु सिंह राम प्र.जाेशी नरदेब बडु दिर्घ ब.बाेहर राधिका सुबर्णका नर ब. बाेहरा पार्भति जाेशी प्यारी माेहत श्या सुनार तारा बाेहरा गणेश बहादुर थापा लगाएत प्रवेश भएको हुन ।

एमाले परित्याग गर्दै उपसचिव रहनु भएका धन बहादुर बाेहराले भने एमालेमा केपी अाेली प्रवृत्ति ठिक नभएको र अझै अहङकार दम्भ देखाउने प्रवृतिले निकै घात गरेको बताउदै पार्टी छाडेको उहाँको भनाइ छ । सँगै कलक धामीले भने, हामीलाई बा प्रवृति चाहिदैन,केपी अाेली भनेको दम्भ र अहङ्कारवादी भएको हुदा उहाले जेठ दुई उता भाषणमा मात्र सिमित राखेको बताउदै सबैलाई एकीकृत पार्टीमा अाउन अनुराेध गर्दै ,भानुभक्त जाेशी लगाएतकाे टाेली पनि अब बिस्तारै प्रवेश गर्ने उहाले पत्रकार सम्मेलनमा बताए । कार्यक्रममा हरिप्रसाद जाेशी लक्ष्मी जाेशी सहित पुष्पलाल ज्वाला गुरु लगाएत १५० जनाको उपस्थिति रहेकाे थियाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित