उमेश बि.क / नवलपरासी ,२६ कार्तिक पश्चिम नवलपरासीको पाल्हिनन्दनमा जाेखिममा रहेका किशोरीहरुलाई अभिमुखिकरण तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हाे । सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालीको सहयाेगमा र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वयमा प्राण परियोजना अन्तर्गत किशोरीहरुलाई अभिमुखिकरण तथा सामग्री वितरण गरिएको हाे । सुनवल सामुदायिक बिकास केन्द्रकाे कार्यक्रम संयाेजक राधा सापकोटाकाे संयाेजकत्वमा तथा पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ काे वडा अध्यक्ष अाेमप्रकास गुप्ताकाे प्रमुख अातिथ्यतामा २० जना किशोरीहरुलाई काेराेना भाइसबाट बच्ने उपाय,लैङ्िगक समानता तथा ब्यक्तिगत स्वास्थ्य सम्बन्धि सचेतना गराई प्याड र नुहाउने साबुन र K95 मास्क बितरण गरिएको हाे। कार्यक्रममा बाेल्दै वडा अध्यक्ष गुप्ताले काेराेनाबाट विश्व अातंकित भएको अवस्थामा सबैभन्दा धेरै जाेखिम गर्भवती महिला ,बालबालिका ,जेष्ठ नागरिक र किशोरीहरु रहेका छन । गाउँघरमा महिला हिंसा ,चेलिबेटी बेचबिखन ,बालहिंसा ,बालविवाहका घट्ना घटिरहेको छ भने सम्बन्धित निकायमा खबर गर्न अाग्रह गर्नुभएको हाे।किशोरीहरु सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता तथा सिप सिखि अगाडि बढन सुझाव सहित पाएकाे सामग्रीको सहि सदुपयोग गरि सुनवल सामुदायिक बिकास केन्द्रकाे कार्यक्रममा हमेशा सहभागी भई समृद्ध गाउँपालिका बनाउनमा सहयाेग गर्न सबैलाई अनुराेध गर्नुभएको हाे । साथै सुनवल सामुदायिक बिकास केन्द्रले समुदायको लागि उदाहरणीय काम गर्दै अाएकाे प्रशंसा ब्यक्त गर्नुभएको हाे। कार्यक्रममा कार्यपालिका सदस्य अनिता सहानि,शक्ति काैशल, निरु क्षेत्री ,कन्चन काैशल लगाएतले कार्यक्रमकाे प्रशंसा ब्यक्त गर्नुभएको थियाे। अभिमुखिकरणकाे सहजिकरण उमेश कुमार बि.क तथा सामाजिक परिचालन अशोक कुमार गुप्ताले गर्नुभएको थियाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।