Rashtriya Dainik

नेपाली काङ्ग्रेस बर्दघाटमा जिसि प्यानल बिजयी

नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत बर्दघाट नगरपालिकामा दामोदर जिसि नेतृत्वको प्यानल बिजय भएको छ। प्रतिस्पर्धी शम्भुलाल श्रेष्ठलाई ५८ मतले पछि पार्दै नगर सभापतिमा दामोदर जिसि बिजयि भएका हुन ।


कुल ३२८ मत मध्ये दामोदर जिसिले १९३ मत प्राप्त गरेका छन भने शम्भुलाल श्रेष्ठले १३५ मत प्राप्त गरेका छन । यसैगरि नगर उपसभापतिमा मन्जु शर्मा चालिसेले १९१मत र होमराज कुवर १८६ मतका साथ बिजयी भएका छन।यस्तै नगर सचिवमा कृष्ण प्रसाद काफ्ले १८७ मत र हेम बहादुर क्षेत्रीले १८५ मत प्राप्त गरि बिजयी भएका छन। त्यसै गरि नगर सह-सचीवमा फणेन्द्र चौधरीले १९३ मत र रिना गौचन गुरुङले सबै भन्दा बढी १९५ मतका साथ बिजयी हासिल गरेकी छन।

यस्तै शम्भुलाल श्रेष्ठ प्यानलका तर्फबाट नगर उपसभापति पदका उमेदवार अर्जुन कुमार क्षेत्रीले १४० मत ,गणेश कुमार पौडेलले ११३ मत प्राप्त गरेका छन । त्यसैगरी सचीव पदका उमेदवार केदार चौधरीले १४७ मत,सुर्य प्रसाद पाण्डेले ११५ मत हासिल गरेका छन। यस्तै श्रेष्ठ प्यानलको तर्फबाट सहसचिवमा नहिन्द्र बहादुर क्षेत्रीले ११३ मत र मिना बुढाथोकिले १२५ मत प्राप्त गरेकी छन। दामोदर जिसि प्यानल बिक्रम खनाल निकट हुन भने शम्भुलाल श्रेष्ठ प्यानल देवेन्द्रराज कंडेल निकट हुन।

मत परिणाम पछि बोल्दै नवनिर्वाचित नगर सभापती दामोदर जिसि र निबर्तमान सभापति शम्भुलाल श्रेष्ठ दुबैले पार्टीको आन्तरिक लडाई भएकाले जित हार नभै एउटा प्रजातान्त्रिक अभ्यास भएकाले अधिवेशन परिणाम लाई स्वभाविक रुपमा लिएर पार्टीलाई एकढिक्का भएर अगाडि बढाउनु पर्नेमा जोड दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित