राष्ट्रिय दैनिक / नवलपरासी ,९ असाेज
नेपाली काग्रेसको १४ औ महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासीमा जारी पालीका अधिवेशनमा सरावल र पाल्हिनन्दनमा कण्डेल पक्षको उम्मेद्धार बहुमतले निर्वाचित भएका छन् । दुवै पालीकामा देबेन्द्रराज कण्डेल पक्षधरले जित निकालेको छ । दुवै पालीकामा बिक्रम खनाल पक्षधर कमजोर थियो ।
सरावल सभापतिमा बिनाेद पाण्डेय, उपसभापतिमा महेन्द्र चौधरी र शिवनाथ तिवारी,सचिवमा सञ्जय चौधरी र राजु यादव, सहसचिवमा रिता कुमारी चौधरी र फिरोज खान अत्यधिक मतान्तरले बिजयी हुनुभएको छ। साथै पालिका सदस्यहरुमा बिनाेद पाण्डेय प्यानल विजयी भएका हुन ।

यस्तै पाल्हिनन्दन कांग्रेस सभापतिमा हरिहर चाैहान प्यानल निर्वाचित भएको छ । यस्तै उपसभापतिद्धयमा सादिया मुसलमान र शिव कुमार राैनियार, सचिवमा जितेन्द्र गुप्ता र शैलेश यादव, सहसचिवमा पन्नालाल केवट र राज कुमारी थारु चाैधरी अत्यधिक मत ल्याई बिजयी भएका छन् ।
सरावल र पाल्हिनन्दनमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलकाे पकड क्षेत्र मानिन्छ ।

अहिले पछिल्लो जानकारी अनुसार बर्दघाट र सुनवलमा बिक्रम गुटले बाजि मार्न सफल भएको छ। काग्रेस पश्चिम नवलपरासीमा विक्रम खनाल र देवेन्द्र राज कंण्डेलको दुई गुटमा प्रतिस्पर्धा छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

