राष्ट्रिय दैनिक / नवलपरासी , ९ असाेज
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ भएको छ ।
जस अन्तर्गत नेपाली काङ्ग्रेस सरावल गाउँपालिकामा काङ्ग्रेसका केन्द्रीय सदस्य देबेन्द्र राज कण्डेलले पहिलो मत मतदान गर्नुभएको छ ।

काङ्ग्रेस नेता कण्डेलले २ बजेर ५ मिनेटमा मतदान गर्नुभएको हाे। त्यस्तै वहाँ लगत्तै केन्द्रीय संगठन विभाग सदस्य माेहन प्रसाद शर्मा , पालिका अध्यक्ष राधेश्याम चाैधरी , उपाध्यक्ष उत्तमा राय लगाएतले मतदान गरि मतदान प्रक्रिया अगाडि बढाउनु भएको हाे ।

मतदान पहिल्यै सरावलमा संविधानसभा सदस्य विक्रम खनालले अनुगम समेत गर्नुभएको हाे।

नवलपरासीमा रहेका ७ स्थानिय तहहरुमा नेपाली कांग्रेसको गुटगत राजनिति निक्कै प्रतिस्पद्र्यामा रहेको छ । जिल्लामा प्रतिनिधि सभा सदस्य एंव कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधान सभा सदस्य विक्रम खनालको दुई गुट छ । कँडेल पार्टी सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवा गुटका हुन भने खनाल रामचन्द्र पौडेल समुहको शशांक गुटका हुन् ।




राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

