उमेश बि.क / नवलपरासी ,२६ कार्तिक नवलपरासीको सरावल गाउँपालिका जाने भित्री सडककाे रुपमा गाउँको कच्ची बाटो पिच हुन थालेपछि स्थानीयबासीहरु खुशी भएका छन् । सरावल गाउँपालिका वडा नं.३ सरावलमा ढल निकास सहित बाटो पक्की बनेसँगै यहाँका स्थानीयहरु खुशी भएका हुन् । यससँगै अब स्थानीय सरकारले विकासका गतिविधिहरुलाई टोल तथा गाउँ बस्तीहरुलाई समन्वयकारी ढंगले सञ्चालन गरेको महसुुस गरेका छन् भने स्थानीयसरकारको ध्यान विकासको गतितिर गईरहेको स्थानीयहरुको भनाई छ । भिमटाडि ,श्रीनगर,सरावल हुदै सरावल गाउँपालिका महेशपुर जाेड्ने सडककाे त्रिवर्षिय अायाेजना प्रदेश सरकारबाट स्वकृति भइ काम निरनतर्ता दिइएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलले जानकारी दिनुभएको छ। प्रदेश सरकारबाट ५ करोड र सरावल गाउँपालिकाबाट ५ कराेड गरि कुल १० कराेडकाे लगानीमा प्लान्टेसन सहितको अाधुनिक सडक निर्माण कार्य जारी भइरहेको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ। नाला निर्माण संगै योजना अनुसारको बाटो निर्माण भईसकेपछि पुनः दोस्रो चरणमा प्लान्टेसन गरिने उनले बताए । कच्ची बाटो हुदा वर्षातको समयमा आवतजावतमा आउने समस्या अब हटेर जाने भएको भन्दै स्थानीयहरु खुशी भएका छन् । ‘वरपर नालासहित बाटो पक्की गर्ने काम भईरहेको छ’ अध्यक्ष चाैधरीले भने ‘अब यो सकिएपछि बाँकी भएको बाटोलाई दोस्रो चरणमा पछि पक्की गर्ने भएका छौँ । गाउँपालिकाले बाटो निर्माणका लागि प्रदान गरेको बजेटलाई पक्की बाटो निर्माणसँगै नाला पनि निर्माण गरिरहेको उक्त टोलका टोलबासी सन्दिप बि.क ले बताए । ‘बाटोसँगै पक्की नाला निर्माण गर्ने कार्य पनि भईरहेको छ, उनले भने ‘यसका कारण स्थानीयहरुमा स्थानीय सरकार छ भन्ने महसुश भएको छ ।’ विगतका वर्षहरुमा बाटो पक्की गर्ने भन्दै ग्राभेल गर्ने तर त्यत्तिकै छोड्ने काम भईरहेको थियो । तर अहिले स्थानीय सरकारले यसलाई योजनाका रुपमा बजेट प्रदान गरेकाले टोलबासीहरु गाउँपालिकाप्रति सकारात्मक देखिएका छन् । बाटो कच्ची हुँदा दिनहुँ ढुवानीका लागि गुड्ने साना गाडी तथा अटोहरुसँगै पैदल यात्री समेतलाई निकै समस्या परिरहेको स्थानीयबासीहरुले बताए । यो सँगै पानी पर्दा बाटो चिप्लो हुने, मोटर गाडीहरु गुडाउँदा आउने समस्याको अन्त्य हुने, वातावरण पनि सफा हुने भएको स्थानीयबासी धर्मराज चाैधरीले जानकारी दिए । गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले सरावल गाउँपालिकाकाे सडक समस्या समाधान गर्न अाफु लागि परेको जानकारी दिनुभएको छ। बिकासकाे मुख्य खुड्किला बाटाे भएको हुनाले गाउँपालिका भित्र अाफ्नाे कार्यकाल अवधिसम्म हरेक सडकमा कालाेपत्रे गर्ने प्रयासमा अाफु लागि परेको बताउनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।