दोरेन्द्र खड्का / बझाङ
-जयपृथ्वी नगरपालिका वडा नं ३ पडेस गजमाईल बाटो पडेस युवा समाज ध्दारा आज मर्मत तथा सरसफाइ कार्य गरेका छन् उक्त बाटोबारे पडेस युवा समाजका अध्यक्ष पवन खड्काले तपाई हामि सबैले उपभोग गर्ने बाटो अझै बिशेष गरि सदरमुकाम चैनपुरमा अध्ययन गर्न जाने बालबालिकाहरु,कार्यालयमा जाने कर्मचारीहरु,अकस्मात बिरामी हुदा यातायातको साधन नपाएको खण्डमा छिटो छरितो अस्पताल पुर्याउने बाटो र सबैले गाडि चढ्न सक्ने र भाडादर बढि भएको हुदा यो बाटो हिड्दा छिटो र सितल हुने भएकोले हालसम्म यो बाटोको कुनै पक्षबाट मर्मत र सरसफाइ नभएको हुदा आम जनतालाई हिड्नु निकै कष्टकर भएको हुदा हामीले यो अभियान चालेका हौ र यो बाटोको माथि पानकोट मेला बाख्रा चराउन र महिलाहरुले घास काट्ने भएको हुदा बाटो हिड्ने जो कोहिलाई पनि ढोल आउन सक्ने भएको कारणले अब यो काम पनि बन्द गरिदिन हुन भनि सबै वडाबासिहरुलाई जानकारी गराउनु भएको थियो। यसै गरि आजै पडेस युवा समाजका सदस्य बिकास खड्काको जन्मदिन परेको हुदा उहाले मेरो जन्मदिनको अबसर यसरी सामाजिक कार्यमा संङगलन हुदा पाउँदा सारै खुसि भएको बताउनु भएको छ।साथै बाटोमा ठुला ढुङ्गाहरु,दायाँबायाँ बोट बिरुवाको हाँगाहरु आएका,कतै भत्केर बाटो सागुरो,चिप्लो र खाल्डा खुल्डि भएर हिड्नलाई सारै गार्हो भएको हुदा यसलाई राम्रोसँग मर्मत र सरसफाइ गर्न आउने सबैलाई धन्यबाद दिनु भएको थियो।
गाउँ समाजमा यस्तो सामाजिक कार्यमा सबैले हातेमालो गरेर अघि बढदै कुनै पनि पार्टी र नेताको भरमा नपरि युवाहरुमा एकता भई हरेक ठाउँमा राम्रो कामको लागि भुमिका खेल्नुपर्छ भनी पडेस युवा समाजका सदस्य कलकजंग खड्का राम्रो बिचार प्रस्तुत गर्नु भएको थियो। सो अभियानमा पडेस समाज युवा पडेसबासिको उपस्थित भएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

