Rashtriya Dainik

यतायात ब्यवसायिको बिरोध पछि बझाङमा फेरि भाडा दरमा वृद्धि

दोरेन्द्र खड्का बझाङ । बझाङमा स्थानीय स्तरमा चल्ने सवारी साधनहरुको फेरि भाडा वृद्धि गरेको छ । यातायात ब्यवसायिहरुले भाडा कम भएको गुनासो गरेपछी जिल्ला समन्वय समितिका संयोजक खडग बहादुर खडकाको अध्यक्षतामा बसेको सर्ब पक्षिय बैठकले भाडा वृद्धि गरेको हो ।
बैठकले जिल्लाको जयपृथ्बी राजमार्गमा प्रती किलो मिटर ७ रुपैया २५ पैसा र कच्ची तथा ग्रामिण सडकहरुमा प्रती किलो मिटर १२ रुपैयाँ निर्धारण गरिएको हो । प्रमुख जिल्ला अधिकारी महोन अधिकारीले ३ दिन भित्र सबै यातायातका साधनहरुमा अनिवार्य भाडाको लिस्ट यात्रुहरुले देख्ने गरि टास्नु पर्ने यदि नटासेको खण्डमा कानुन अनुसार कार्वाइ गरिने बताउनु भयो । साथै बैठकबाट मनसुन सकिने बित्तिकै स्थानिय तहहरुले अनिवार्य सडक सफाइ गर्ने निर्णय समेत गरिएको छ । यस अगाडीको बैठकमा जयपृथ्बी राजमार्गमा ६ रुपैया २५ पैसा र कच्ची सडकमा १० रुपैया निर्धारण गरेको भए पनि यातायात ब्यवसायिहरुले बिरोध गरेपछी भाडा वृद्धि भएको हो । बैठकमा गाउँ तथा नगरपालिका प्रमुख,सुरक्षा निकाय प्रमुख, पत्रकार र यातायात ब्यवसायी लगायत सरोकाबाला ब्याक्तीहरुको उपस्थिति रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित