पुस्पा गिरी /नवलपरासी ,५ असोज : नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको डेढ महिने अभियान अंतरगत बर्दघाट -२ वडा समितिको भेलाले गोपाल गिरीको नेतृत्वमा ९ सदस्यीय वडा समिति चयन गरेको छ । वडाको पहाडी क्षेत्र सहित विभिन्न आठ वटा टोलमा गठन भएको पार्टीको प्रारम्भिक समितिहरुको प्रतिनिधिमुलक भेलाले वडा समिति चयन गरेको सो पार्टीका नवनिर्वाचित वडा समिति सदस्य समेत रहनुभएका दलित अगुवा नर बहादुर बि.क.ले जानकारी दिनुभयो । क्रान्तिकारी माओवादीको वडा समिती सेक्रेटरीमा गोपाल गिरी ; नर बहादुर बि.क.;मोहन राना;तिल बहादुर पौडेल ; केशब भुजेल; सागर सुनारलगायत चयन हुनुभएको बर्दघाट नगर सह-सेक्रेटरी आकाशले बताउनुभयो। त्यस्तै भेलाले केदारनाथ अधिकारीको नेतृत्वमा वडा सल्लाहकार समिति गठन गरेको छ । भेलामा क्रान्तिकारी माओवादी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सेक्रेटरी छबिलाल खरेलले रास्ट्रियता जनजिबिका र जनतन्त्र खतरामा परेको औल्याउनुभयो । उहाँले गाउँघरमा दलाली भ्रष्टाचारी कमिशनखोरि वृद्धि भएको भन्दै त्यसको बिरुद्ध भन्डाफोर र कार्वाहीमा समेत उत्रने चेतावनी दिनुभयो ।
कार्यक्रममा पार्टीका प्रदेश सदस्य रवि पाण्डे ; जिल्ला सचिवालय सदस्य एवं नगर इन्चार्ज चुडामणी भण्डारीलगायतले एम.सि.सि विरुद्धको आन्दोलन बारे बोल्नुभएको थियो । भेलामा बामपंथी अगुवा केदारनाथ अधिकारी ; पार्टीका जिल्ला समिती सदस्य सुर्य सापकोटा लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै भेलाले दुर्गा वनलाई क्रान्तिकारी युवा लिगको जिम्मेवारी दिएको छ । क्रान्तिकारी माओवादीले जिल्लामा राजनितिक बैचारिक; सम्पर्क ; संगठन र संघर्स ( रा. स. स. स.) अभियानलाई तीव्रता दिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

