Rashtriya Dainik

नेपाल लाइफ इन्स्योरेन्सको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको बैठक सम्पन्न

सिरहा,असोज ५ गते । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको बैठक जनकपुरधाममा सम्पन्न भएको छ । ईन्स्योरेन्सलाई थप सबल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

ईन्स्योरेन्सले देशमा प्रथम स्थान हासिल गरेकोले यसलाई जोगाई राख्न लाग्नु पर्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख सिंघलले बताए । कम्पनीलाई थप मजबुत बनाउन अझै सशक्त भएर लाग्न शाखा र उपशाखा प्रमुखहरूलाई उनले निर्देशन दिए ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स जनकपुर शाखाका प्रमुख संजय कामतको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक दिगविजय सिंघलको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित भएका सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुले अफ्नो÷अफ्नो मन्तव्य राखेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित