सियारी गाउपालिमा वार्षिक समिक्षा गोष्ठी सम्पन्न

तुलसी राम पौडेल /सियारी,कार्तिक २५

रुपन्देहीको सियारी गाउपालिकामा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ।सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङ लगायत जनप्रतिनिधिहरु ,कर्मचारीहरुको सहभागितामा सियारी गाउँ पालिका अध्यक्ष अयोध्या प्रसाद थारुले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा गोष्ठी मंगल वार एक कार्यक्रमक बिच उदघाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाले गाउपालिकालाइ समग्र विकासको लागि अगाडि लैजान जनप्रतिनिधि र कर्मचारीको एक आपसमा नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनु भयो।जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो भएको कारणले नै सियारी गाउपालिका अगाडि बढिरहेको गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।साथै गाउपालिकाले गरेका गतिविधिहरु जनताको सामुन्नेमा अवगत गराउन कर्मचारी एव जनप्रतिनिधि दुबैको महत्त्वपूर्ण भुमिका रहने बताउनु भयो ।
वार्षिक समिक्षा गोष्ठीमा गाउपालिकाका शाखा प्रमुखहरुले आ – आफ्नो शाखाको वार्षिक गतिविधि एव प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक शाखा प्रमुख एव लेखा अधिकृत नारायण प्रसाद पौडेलले वार्षिक आय व्यय प्रस्तुत गर्नु भएको थियो । शिक्षा शाखा प्रमुख सुधिर पौडेलले शिक्षा सम्बन्धि वार्षिक गतिविधि एव प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे ।त्यसै गरि स्वास्थ्य शाखाकी नर्सिङ अधिकृत ललिता पुनले स्वास्थ्य सम्बन्धि वर्षभरी गरिएका गतिविधिको विवरण प्रस्तुत गर्नु भएको थियो।
योजना प्रमुख रोमलाल पुरी ,सामाजिक विकास शाखा प्रमुख विनोद खनाल,
पशु सेवा शाखा प्रमुख गणेश खनाल ,कृषि सेवाका निरहु प्रसाद चौधरी ,पन्जिकरणका रामानन्द तेलि ,रोजगार संयोजक सृजना भुसाल लगायतले आ आफ्नो शाखा अन्तगत प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा वाड अध्यक्षहरुको तर्फबाट वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले वार्षिक गतिविधि सम्बन्धि आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot