उमेश बि.क /राष्ट्रिय दैनिक , ५ असाेज थारु गायन क्षेत्रका बहुचर्चित गायक “सरगम चाैधरीले ” दुईवटा थारु गित सार्वजनिक गरेका छन। “अाशिक बनाके पागल बनाके अइसे तु दुर दुर नजा ” र ” रिमझिम रिमझिम बर्षातमे हाेइ मिलन अाज रातमे ” नामक थारु भाषाको गित सार्वजनिक भएको छ। बहुचर्चित गायक सरगम चाैधरी ,गायिका निरु चाैधरीकाे अवाजमा रहेको “अाशिक बनाके पागल बनाके अइसे तु दुर दुर नजा ” बाेलकाे गितमा अनमाेल थारु ,विद्या महताे , पुरन थारु ,मेनुका चाैधरी लगाएतकाे अभिनय रहेको छ ।भने रामजि प्रजापति ,प्रकाश चाैधरी,प्रदिप चाैधरी,राहुल राव र धन्य सुनारकाे सहायक भुमिका रहेको छ। त्यस्तै बहुचर्चित गायिका अन्नु चाैधरी र गायक सरगम चाैधरीकाे अवाजमा रहेको ” रिमझिम रिमझिम बर्षातमे हाेइ मिलन अाज रातमे ” बाेलकाे गितमा सामु चाैधरी र बिरु चाैधरीले मुख्य अभिनय गरेका छन । दुईवटै गित प्रेम प्रसंग जाेडिएर तयार पारिएको गायक सरगम चौधरीले बताउनु भएको छ । थारु समुदायको कला संस्कृति जर्गेना तथा कला क्षेत्रमा फरक पहिचान दिलाउन याे भिडियो विशेष माध्यम बन्ने गायक चौधरीले बताएका हुन । नवलपरासी ,रुपन्देही र कपिलवस्तु जिल्लाका सुन्दर ठाउँहरु खिचिएको यो गीतहरु थारु भाषाको संस्कृतिलाई नयाँ समय अनुसार फयुजन गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।