बुटवल, असोज ४ । पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको पाइएको छ ।
ज्योतिनगरका स्थानिय गणेश पंगेनीले नेकपा एमाले रुपन्देही अध्यक्ष समेत रहेका नगर प्रमुख सुवेदी माथी आज विहान मुक्का हानेका थिए ।
लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत उनी अनेरास्ववियू जिल्ला कमिटि सदस्य समेत हुन ।
विद्यार्थी राजनिति गर्दै आएका उनले पहिरोले पटक पटक पिडित बनाउँदा स्थानिय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीलाई बताएका छन् ।
प्रहरीले भने पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएको छ।
अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

