Rashtriya Dainik

एम.सी.सी खारेजीको माग गर्दै परासीमा संयुक्त बिरोध कार्यक्रम (फोटो फिचर )

पुस्पा गिरी नवलपरासी :नेकपा( क्रान्तिकारी माओवादी ) सहित बाईस दलीय गठबन्धन आबद्व दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी परियोजना विरुद्धको संयुक्त आन्दोलन स्वरुप असोज ४ गते परासीमा बिरोध कार्यक्रम सम्पन्न गरेका छन । एम.सी.सी रास्ट्रघाती रहेको ठहर गर्दै बाईस दलिय मोर्चा आवद्व ७ दलले परासीमा संयुक्त बिरोध कार्यक्रम गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता चुडामणि भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा राजमोका प्रदेश सदस्य तिलक सुवेदी नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छबिलाल खरेल ; नेकपा (मसाल)का जिल्ला प्रबक्ता धनपति सापकोटा ; बिप्लव नेकपाका गणेश पाठक नेकपा माक्र्सवादी पुस्पलालकि नेत्री दुर्गा नेपाल लगायतले बोल्दै एम सिसि खारेज गर्नु पर्ने औल्याउनु भएको थियो । बिरोध कार्यक्रमको संचालन उत्तम खरेलले गर्नुभएको थियो । रास्ट्रिय स्वाधीनताको रक्षाको सङघर्स सम्पुर्ण देशभक्तहरुको साझा कार्यसुचि बन्न पुगेकोले आन्दोलनको बिकल्प नभएको बताएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित