राजन कुमार बानिया
पर्सा ३ असोज
बिरगंज महानगरपालिकाको आदर्शनगरबाट आइतबार सरकारी नम्बरको मोटरसाइकल चोरी भएको छ। छिपहरमाई गाउँपालिकाको सरकारी नम्बरको मोटरसाइकल चोरी भएको हो। छिपहरमाई गाउँपालिकाको सरकारी मोटरसाइकल ना १ ब २१५६ नम्बरको बजाज कम्पनीको पल्सर १५० सिसि को रहोको थियोे । छिपहरमाई गाउँपालिकामा कार्यरत कर्मचारी प्रसान्त कुमार साहले कार्यालयको कामले बिरगंज गएको बेला ३ बजे करिब मोटरसाइकल बिरगंजको अादर्शनगरमा रोकी राखेको अवस्थामा मोटरसाइकल सो स्थानबाट चोरी भएको हो। घटनाको जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गरिएको पिडित प्रसान्त कुमार साहले जनाएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

