Rashtriya Dainik

संविधान दिवस कतै उत्साह त कतै कालो दिन

नवलपरासी, असोज ३
नेपाली जनताको अधिकार स्थापीत भएको आज ऐतिहासीक दिन अर्थात नेपालको लोकतान्त्रिक सरकारले संविधान जारी गरेको दिन ।
अधिकांस नेपालीहरुले संविधान दिवस हर्सोउल्लासका मनाइरहदा पश्चिम नवलपरासीमा भने कालो दिनको रुपमा मनाएका छन ।
लोकतात्रिक सरकारले संविधानमा थारु तथा मधेसी समुदायलाई विभेद गरेर संविधान जारी गरेको भन्दै विगत देखिनै संविधानमा असहमति राख्दै आएको वक्ताहरुले वताएका छन ।
लोकतान्त्रीक समाजबादी पार्टी नेपाल, नवलपरासी थारुहट थारुवान राट्रिय मोर्चा नवलपरासी तथा थारु कल्याणकारी सभा नवलपरासीले संयुक्तरुपमा विरोध जनाएका थिए ।
थारु तथा मधेसी समुदायको अधिकार नसमेटीए सम्म सम्वीधानलाई कालो दिनकोरुपमा लिने अगुवा वक्ताहरुले वताएका छन ।
विभेदकारी संविधानका कारण नेता एवं सभासद रेशम चौधरीलाई रिहाइ नगरिएको भन्दै संविधान स्किार नगर्ने वक्तहरुले वताएका हुन ।
बुदचोबाट सुरु भएको विरोध र्यालीले परासी वजार परिक्रमा गर्देै कोणसभा परीणत भएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित