काठमाडौं, ३ असोज । नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुरा भएको छ । संविधानसभाबाट संविधान जारी भएको असोज ३ गतेलाई हरेक वर्ष संविधान दिवसको रुपमा मनाउने गरिएको छ ।
यस दिवसलाई धेरैले उत्सवका रुपमा मनाउने गरेको भएपनि केही असन्तुष्ट पक्षले भने संविधान जारी भएकै दिन कालो दिनका रूपमा मनाउने घोषणा गरेका थिए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् । त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि यस अवसरमा शुभकामना व्यक्त गरे ।
यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ८ कैदीबन्दीको सजाय माफी दिएकी छन् भने ५२३ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

