Rashtriya Dainik

अनेरास्ववियू क्रान्तिकारी पर्साको समिति घोषणामा विवाद

वीरगंज २ असोज । नेकपा माओबादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी पर्साको जिल्ला समिति चयनमा विवाद देखिएको छ ।
समिति चयनको केही समय नवित्दै जिल्लाा अध्यक्षका दाबेदार रहेको संंदिप बिक्रम साह लगायत २७ जना जिल्ला सदस्यले विमती जनाएका छन् ।

उनीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै अनेरास्ववियु पर्साको ६ औं अबिधेशनबाट जिल्ला अध्यक्ष बाहेकको अन्य पदाधिकारीहरु सर्वसहमतले चयन भएपनि अध्यक्षमा सहमती जुटन नसकेको जनाएका हुन् ।

अध्यक्ष चयनको लागि अधिवेशनले पार्टीका जिल्ला अध्यक्ष विजय महतो र प्रदेश सदस्य रामदरश कुशवाहालाई जिम्मेवारी दिए पनि उँहाहरु थाहा नदिई केही व्यक्तिहरुले अध्यक्ष सहितको समिति घोषणा गरेकोमा हाम्रो आपती रहेको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।

सहमतीबाट चयन हुन नसकेको अध्यक्ष निर्वाचनबाट चयन गर्नु पर्ने अध्यक्षका दाबेदार रहेका संदिप बिक्रम साहले वताए ।

उनीसहित जिल्ला उपाध्यक्ष बब्लु कुशवाहा, सह सचिव लहावर राम, कोषाध्यक्ष सुष्मा चौरसिया, सदस्यहरु रबिन्द्र रौनिया, संजय साह, चन्दन सिंह, प्रियांका यादव, पुजा चौधरी, प्रेम यादव, तुल्सी साह, निसा नेपाली लगायतकाले जारी विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित