प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडा सुगौलीमा अध्ययनरत कक्षा-८ का ५१ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
पटेर्वा सुगौली गाउँपालिका ४ नं. वडाको अध्यक्ष रजेश्वेर महतोको अध्यक्षतामा भएको कार्यक्रममा मा. मन्जुर अन्सारी, मा. करिमा बेगम, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, बिरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदीन अहमद, मुस्लिम फोरम अध्यक्ष मौलना नुरुल होदा, प्रदेश सदस्य दिपक यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज आलम, पालिका उपाध्यक्ष ममता महतो, क्षेत्रिय अध्यक्ष नगेन्द्र यादव र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा जसपा पालिका अध्यक्ष रामदेनी यादव, पालिका शिक्षा प्रमुख सम्भु साह तेलि, विद्यार्थी नेता आमोद यादव, स्थानीय नेता श्रीभगवान गिरि, भिखारी देवान, रसिद मिया, प्र.अ. मोहन दास, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

