२०७८ असाेज २ गते, शनिवार, १८ सेप्टेम्बर २०२१। भाद्र शुक्लपक्ष द्वादशी तिथि, ६ः५७ बजेदेखि त्रयाेदशी। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर, १६ः३० बजेदेखि कुम्भ। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यप्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ। आफ्नो वर्ग वा क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विशेष जिम्मेवारी पनि प्राप्त हुनेछ। वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ। मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह अरूका लागि समय खर्चनुपर्ला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। परिस्थिति त्यति अनुकूल नरहला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। नयाँ काम गर्न समय पर्खनुहोला। कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। आयस्राेत पनि बढ्नेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ। साँझतिर कामको चाप बढ्नेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे भौतिक साधन जुट्नाले काम बन्नेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। परिस्थितिले प्रतिपक्षीलाई नै सहयोगी बनाउनेछ। विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। साँझतिर अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम पनि सुरु गर्न सकिनेछ। कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। साँझतिर पुरुषार्थी काम सिद्ध गर्न सकिनेछ। भाैतिक उपलब्धिले उत्साह जगाउनेछ। तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। गोपनीयता बाहिरिनाले काममा समस्या पर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। परिवारजनलाई समय दिन नसकिएला। साँझतिर स्थितिमा सुधार आउनेछ। महत्त्वाकांक्षी योजना प्रारम्भ हुनेछन् र प्रगति हुनेछ। वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई पार्दै उपलब्धि हातपार्न सकिनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। साँझतिर भने केही चुनौती देखा पर्नेछन्। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। विवाद तथा मुद्दाहरूमा अलि होसियार रहनुपर्नेछ। आफ्नै वचन पूरा गर्न नसक्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। फजुल खर्च पनस बढ्न सक्छ। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। सिर्जनात्मक कामले दाम र प्रतिष्ठा दिलाउनेछ। मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि अवसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न नसकिएला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा काम बिग्रन सक्छ। साँझतिर स्थितिमा सुधार आई दैनिकीमा परिवर्तन आउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द भैपरी आउने समस्याले खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर स्थितिमा सुधार आउनेछ, अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ। मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ। सुन्दर मालसामान किन्नमा पनि खर्च हुनेछ। साँझतिर यात्राको प्रसंगमा खर्च गर्नुपर्ला। धनमाल हराउन पनि सक्छ, सुरक्षामा सतर्कता अपनाउनुहोला। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।