अर्जुन शाह/भाद्र २९/विन्दवासिनी
पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका वडा १९ विन्दवासिनी इस्थित विन्दवासिनी माई मन्दिरका परिसरमा “सामान्य अवस्था वा कोभिँड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी ”
भने मुल नाराका साथ नृत्य,संगीत तथा वक्तित्वकला प्रतियोगिता सम्पन भएको छ
नयुवालय,जीवन ज्योति माध्यमिक विद्यालय र नेशनल कलेज काे सहयोगमा र नैतिक तथा शैक्षिक विकास केन्द्र द्वारा आयोजना गरेको थियो
नैतिक तथा शैक्षिक विकास केन्द्र का अध्यक्ष सुधीर कुमार यादबका अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि वीरगन्ज महानगरपालिका महानगरपालिका का उप मेयर शान्ति कार्की भने बिशिष्ट अतिथी पुरुषोतम उपाध्याय र अथितिमा विन्दवासिनी युवा समाजका सिजन क्षेत्री, केदार गुप्ता,सरिता थापा,मन्तुरी यादव,मुरत यादव मनोज यादव लगायतका मन्तब्य व्यक्त गरेका थिए
कार्यक्रम उद्घोषण सूर्य शुभचिन्तक भने निर्णायक मण्डलमा नृत्यका संगीत चौधरी, जय प्रकाश चौधरी,
प्रमोद यादव लगायतका रहेका थिए
कार्यक्रममा वक्तित्वकला प्रतियोगिता मा प्रथम स्थान नितु यादव, दोस्रो स्थान अर्जुन शाह भने तेस्रो स्थान अमलेश साह हासिल गरेका थिए
कार्यक्रममा नैतिक तथा शैक्षिक विकास केन्द्र का सदस्य सिम्रन थापा, अरपचाना साह लगायतका उपस्थिति रहेको थियो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

