सरावल गाउँपालिकाद्वारा हाेमस्टे सन्चालन तालिम सुरु

उमेश बि.क / नवलपरासी ,२५ कार्तिक

नवलपरासी जिल्लाकाे सरावल गाउँपालिका वडा नं. २ जावा अन्तर्गतरहेको प्रमुख पर्यटकीय स्थल काेलबृक्षकाे पर्यटन प्रबर्द्धनकाे लागि हाेमस्टे सन्चालन तालिम सुरु भएकाे छ ।

एेतिहासिक बुद्धकालिन काेलबृक्ष संरक्षण , पर्यटन क्षेत्रको बिकास , कला सँस्कृतिको जगेर्ना , प्राचीन ककरपत्त नगरको प्रचारप्रसार गर्न साथै युवा र महिला मार्फत राेजगारी सृजना गर्दै अार्थिक समृद्धि गर्ने उद्देश्यले सरावल गाउँपालिकाको आयोजनामा ३ दिने “होमस्टे सँचालन” सम्बन्धि तालिम कावासाेति नगरपालिका स्थित अमलटारी हाेमस्टेमा एक कार्यक्रम बिच समुदघाटन गरि तालिम सुरु गरिएको हाे।

सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुखअातिथ्यतामा सन्चालन भएको तालिमको उद्घाटन गर्दै अध्यक्ष चाैधरीले जावाकाे काेलबृक्ष संरक्षण तथा पर्यटन विकासमा हाेम स्टेकाे संचालनपछि धेरै सम्भावनाकाे उजागर हुनुकाे साथै यसलाई अर्गानिक गन्तव्यकाे रुपमा प्रचारप्रसार गर्नुपर्ने बताउनु भयाे । स्थानीय उत्पादनकाे बजारीकरणसँगसँगै स्थानिय स्तरमै राेजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने बताउँदै हाेमस्टेकाे सन्चालन र प्रचारप्रसारमा गाउँपालिका बिशेष काम गर्न चाहेकाे बताउनु भयाे । सिकाइ जिवनप्रयान्त चल्ने प्रक्रिया भएको हुनाले ३ दिनको समयमा धेरै भन्दा धेरै सिकाइ हासिल गरि आफुहरूले सिकेको सिपलाई आर्थिक आयआर्जनको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हाे।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले प्राचिन ऐतिहासिक बुद्धकालिन ककरपत्त नगर (राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रबल पर्यटकीय सम्भावना बोकेको महत्वपुर्ण स्थान जावाकाे काेलबृक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हाेम स्टे राम्रो माध्यम हुने भएकाेले हाेमस्टे संचालनका लागि गाउँपालिकाबाट स्थानीय ब्यक्तिका लागि विशेष सहयोग र साथ सहित अाफुहरुले हरपल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

त्यस्तै वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरीले नमुना पर्यटकीय हाेम स्टेकाे रुपमा विकासको लागि पहल गर्नुपर्ने बताउनु भयाे ।

१५ जना सहभागीता रहेकाे तालिममा हाेमस्टे संचालनकाे प्रक्रिया, अतिथि सत्कार, स्थानिय परिकारहरुकाे निर्माण, स्थानिय पर्यटकीय स्थलहरुकाे प्रवद्वन तथा सांस्कृतिक गतिविधिकाे बारेमा तालिम दिने प्रशिक्षक प्रेम शंकर मरदनियाले बताउनु भयाे ।

हाेमस्टे सन्चालन तालिमकाे उदघाटनमा मिडिया एसाेसियन नवलपरासीका अध्यक्ष बेचु गाैड,लेखा अधिकृत नरायण पाण्डे,याेजनाशाखा प्रमुख राजन बस्याल लगाएतले ३ दिनको तालिममा धेरै भन्दा धेरै कुरा सिकि ब्यवहारमा उतार्न अनुरोध गर्दै तालिमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot