पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिको निर्देशनमा चाड पर्वका लागि विशेष सतकर्ता अपनाइने भएको छ। तिहार नजिकदै गर्दा हुन सकने अप्रिय घटना तथा अपराधीक क्रियाकलाप नियन्त्रण गर्न र तस्करी न्यूनीकरण गर्नका निमित्त समेत पश्चिम् नवलपरासीमा व्यापक प्रहरी परिचालन गरिनुको साथै प्रहरीले बिशेष सतकर्ता बढाएको हो। त्यसैगरि एसपी केसि कै बिशेष निर्देशनमा प्रहरीले आज भारतीय सिमावर्ती एरियाबाट अ.५ लाख ७४ हजार ८ सय ७४ मुल्य बराबरको बिभिन्न अवैध मालसामान बरामद गरेको छ । दिउँसो १५:३० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. ५१ हजार ७ सय ६० मुल्य बराबरको सेन्डो भेष्ट ठुलो २५० थान, सेन्डो भेष्ट सानो १२० थान अमुल कट्टु १०८ थान र ट्राउजर ९६ थान लगायतका सामान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ४ वाईपासबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल लिई मानिस भागेका थिए । त्यसैगरी दिउँसो १६:५० बजेको समयमा भारतबाट नेपाल तर्फ भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अं. ५ लाख २३ हजार १ सय १४ मुल्य बराबरको टावेल (झाडन) १० पिस, सल १० पिस , सुट १० पिस, उलन सुट २० सेट, गाडीको बिभिन्न पार्टपुर्जाहरु, थान कपडा २७ रोल (जेन्स सर्ट) ५०६ मिटर, सुट २४ पिस, साडी ५ पिस लु ३६ प ६४९३ नं. को १५० CC को पल्सर मो.सा. , लु २ प ७५३० नं. को हिरो होण्डा मो.सा. र UP 56 AB 4581नं. को भारतिय प्लाटिना मो.सा लगायतका सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गा.पा. वडा नं. ७ बुलन्दपुरबाट बरामद गरेको छ । उक्त सामान मोटरसाईकलमा राखि ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि ३ वटा मोटरसाईकल र सामान छोडी मानिस भागेका थिए । वरामद गरिएका सम्पुर्ण सामान तथा नियन्यत्रणमा लिइएका उल्लेखित ३ वटा मोटरसाईकल समेत आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको नेपाल प्रहरी नायब उपरीक्षक डिएसपी राजु लामाले बताए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।