नवलपरासी २६ भाद्र : २२ राजनैतिक गठबन्धनमा आवद्ध दलहरुले पश्चिम नवलपरासीमा एम.सी.सी विरुद्धको आन्दोलनलाई सशक्त बनाउने भएका छन । बर्दघाटमा नेकपा ( क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीको आयोजनामा शनिवार भएको संयुक्त बैठकमा उनिहरुले गठबन्धनमा भएका दलहरुलाई समाबेश गर्दै आन्दोलनलाई शसक्त बनाउने निर्णय गरेका हुन । छलफलमा नेकपा ( मसाल ) नेकपा( क्रान्तिकारी माओवादी) नेकपा ( माले) रास्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चाका नेताहरुको सहभागिता थियो । सो अवसरमा रास्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सदस्य तिलक सुबेदी; जिल्ला अध्यक्ष किशन बहादुर अधिकारी ; क्रान्तिकारी माओवादीको प्रदेश सचिवालय सदस्य एव जिल्ला सेक्रेटरी छबिलाल खरेल; प्रदेश सदस्य क्षेत्रबहादुर थापा; क्रान्तिकारी पत्रकार महासङ्घका रबि पान्डेय क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य बोल्गा नेपाल ; नेकपा ( माले) जिल्ला सचिब भरत पान्डेय ; देजमोका नेता चुडामणि भण्डारीको उपस्थिति थियो । बैठकले सबै घटक दल सङग आइतबार छलफल पछि संयुक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । जिल्लामा २२ दलिय मोर्चा सम्मीलित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा; नेकपा(माओवादी मोर्चा) ; बैज्ञानिक समाजवादि कम्युनिस्ट पार्टी ; नेकपा (माक्र्सवादी पुस्पलाल)लगायत ९ दल क्रियाशिल छन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

