ज्ञानेश्वर सहानी /नवलपरासी २६ भदौ –
पश्चिम नवलपरासी जिल्लाकाे पाल्हीनन्दन गाउँपालिकाकाे लोहराैली देखि गेरमा सिमानाका सम्म जाेड्ने लगभग ७ किलोमिटर सडकमा खाल्डाखुल्डी भएको सडकमा ग्रबेल खसाल्ने काम सुरु गएको छ ।
परासी देखि गेरमा सडक खण्डमा बस , कार , टिप्पर , अटाे रिक्सा , माेटरसाइकल , साइकल र पैदल बाट ५ सय देखि हजार भन्दा बढी मान्छेहरु अाउने जाने गरेको छैन ।
गेरमा देखि हुँदै नवलपरासी जिल्ला काे सदरमुकाम मा जाेड्ने सडक मा काम सुरु भएको छ । उक्त सडकमा पल्ही नन्दन गाउँ पालिकाले सडकमा ग्रबेल खसाल्ने काम सुरु भएको बताएको छैन । तथा उक्त सडकमा वडा अध्यक्ष , पालिका प्रमुख , प्रदेश सभा सदस्य र जस्तो जनप्रतिनिधिहरु हिड्ने बाटाे हाे । याे सडक प्रदेश सरकारको भएकोले पनि मर्मत सम्भारकाे लागि खासै चासाे देखिएको पाइदैन ।
सडक दिन प्रतिदिन जीर्ण बन्दै गए पछि पाल्हिनन्दनले ग्रबेल खसाल्ने काम सुरु भएको गाउँपालिका अध्यक्ष दिपक गुप्ताले जनकारी दिनु भएको छ । सडककाे बीचबीच भागमा खाल्डाखुल्डी पानी जामेकाे काम देखेपछि गाउँपालिकाले चासो लिएको छ ।
याे सडकमा हिड्दा लगाएको कपडा समेत नराम्रो हुने गरेको थियोे । सडक मर्मत सम्भारमा प्रदेश सरकार र केन्द्र सरकार चासो दिइएको थिएन । सडक निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भार पनि गर्न अवश्यक रहेको छ । गर्मी काे समयमा धुलाेधुलाे हुने अनि बर्षा काे समयमा सडक काे बीच भाग मा खाल्डा खुल्डीमा पानी जामेर सडकमा आवाज जावात गर्न निकै नै समस्या देखेपछि गाउँपालिका अध्यक्ष गुपताले काम सुरु भएको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

