Rashtriya Dainik

केही दिन यताको प्रखर गर्मीका कारण अागजनीको सम्भावनामा वृद्धि

पुरन अधिकारी , पश्चिम नवलपरासी

सुनवल नगरपालिका वडा न . १० गैडाखालमा घर सङ्गै सन्चालन गर्दै अाइरहेको खरको छानो रहेको फ्रेस हाउस मा अागो लाग्दा फर्निचर र टहरो समेत गरि करिब एक लाख बराबरको क्षति पुगेको छ।

शनिबार बिहान नौ बजेको समयमा फ्रेस हाउसमा ग्यास सिलिन्डर बाट सन्चालित कुखुरा पोल्ने भुरभुरे बाट कुखुरा पोलिरहेको समयमा अचानक ग्यास लिक भई उक्त अागजनी हुन पुगेको हो। भुरभुरे बाट ग्यास लिक भए सङ्गै ठुलो अागोको ज्वाला निस्कदा फ्रेस हाउस सन्चालक गणेश बुढाथोकी समेत सामान्य घाइते भएका थिए ।अागोको जलन सहन नसकि उक्त ग्यास सिलिन्डर सङ्ग जोडिएको भुरभुरे भुईमा मिल्काउदा अागोको ज्वालाले खरको छानो रहेको उक्त फ्रेस हाउसमा अागजनी भई क्षति पुगेको र बाक्लो बस्ती समेत रहेको उक्त स्थानमा अर्को अाफु बस्ने खरकै छानो रहेको घर समेत रहेको र तत्कालै स्थानीयहरु जम्मा भई पानी छ्यापी अागो निभाउन समेत सफल भएको र घरलाई समेत अागजनीबाट बचाइएको बुढाथोकीले जानकारी दिनुभयो ।

अागजनीको घटना लगत्तै क्षतिको विवरण र परिवारलाई सान्त्वना दिन पुग्नुभएका वडा अध्यक्ष शेषकान्त अधिकारीले यस क्षेत्रमा निकट भविष्यमै खरको छानो हटाई जस्ताको पाता राख्न घरधुरीहरुको लगत सङ्कलन भईसकेको र हाल अागजनी भएको घरको समेत लगत सङ्कलन भईसकेको हुनाले छिट्टैनै जस्ता पाता द्वारा घर निर्माण हुने पिडित परिवारलाई अाश्वासन समेत दिनुको साथै खरको छानो भएका घरहरू यस क्षेत्रमा अझै केही मात्रामा रहेकाले गर्मी मौषममा अागजनीबाट बच्न थप सजग रहन अाग्रह गर्दै क्रमशः लगत सङ्कलन भएका खरको छानो रहेको घरहरू लाई जस्ता पातामा परिणत गर्दे जाने समेत जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित