दोरेन्द्र खड्का बझाङ
चैनपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा ८ औँ जिल्ला अधिवेशनमा बझागंको जयपृथ्वी नगरपालिकाको सभापतीमा भरत राेकाया ले आफ्नो उमेदवारी रहने बताएका छन् ।
उनले आगामी भदौ २७ गते हुने नगरअधिवेशनमा आफ्नो उम्मेदवारी नगरसभापतिमा रहेको बताएका छन् ।राेकाया ०४६ सालको जन आन्दोलन देखि निरन्तर रुपमा नेपाली काग्रेसमा रहेका भएपनि उनले हाल सम्म कुनै लाभको पद समेत लिएका छैनन् । निर्माण ब्यवसायि समेत रहेका रोकाया यस पटक भने नगरसभापति मा आफुले हुनु पर्ने दाबी गर्दै आएका छन् । पाटीलाई आबस्यक पर्दा सहयोग गर्दै आएका रोकायालाई कुनै नेता नजिक नभएपनि स्वतन्त्र रहेको बताउँछन् ।
“हाम्रो काँग्रेस, राम्रो काँग्रेस” नारा सहित युवा वर्गलाई शसक्त रुपमा अगाडि बढाउनका लागि, काँग्रेस भित्रको गुटउपगुटको अन्त्य गर्न, आफ्नो उमेदवारी रहेको राेकाया ले बताए । राेकाया आफ्ना सिर्जनात्मक एजेण्डा रहेको बताए ।
जयपृथ्बी नगरपालिकामा ११ वटा वडा रहेका छन् । प्रत्येक वडाहरुबाट १७ जना क्षेत्रीय प्रतिनिधि छनोट भईसकेका छन् । केहि वडाहरुमा काँग्रेसको विधान अनुसार क्रियाशिल सदस्य संख्याको आधारमा कुनै वडावाट १७ जना भन्दा बढी क्षेत्रीय प्रतिनिधि आउने प्रवधान रहेको छ । जयपृथ्वी नगरमा मात्र करिव १ सय ९० जना क्षेत्रीय प्रतिनिधि रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

