पुरन अधिकारी, पश्चिम नवलपरासी
विश्व अात्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०) को अवसरमा रामग्राम नगरपालिका स्वास्थ्य शाखाको अायोजना एवं इन्द्रेणी सामाजिक विकास मञ्च (सामी परियोजना ) पश्चिम नवलपरासीको सहकार्यमा समुदायमा अात्महत्या रोकथामका लागि किशोर किशोरीलाई एक दिने सचेतना कार्यक्रम रामग्राम १४ अमरौट स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको छ।

वडा अध्यक्ष पारस नाथ चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाका सुरज हरिजन, अमरौट स्वास्थ्य शाखा प्रमुख नरेन्द्र भट्टराई एवं सम्पूर्ण कर्मचारी ,जनता मा वि का अध्यक्ष अर्जुन कोइरी ,जिल्लामा विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकारहरु, सुनवल,बर्दघाट ,रामग्राममा सामी परियोजनामा कार्यरत कर्मचारी एवं रामग्राम १४ र१८ का विधालयमा अध्यनरत किशोर किशोरीको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र भट्टराईले स्वागत म मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रमको सन्चालन सुक्रौली स्वास्थ्य शाखा प्रमुख बलराम सापकोटाले गर्नुभएको उक्त सचेतना कार्यक्रममा सामी परियोजनाको कार्य र स्थानीय सरकार र यस परियोजनाको सहकार्यता को बारेमा परियोजना एवं अाप्रवासी हकहित मञ्चका रामु भुषाले प्रष्ट पार्नुभएको थियोे भने कार्यक्रममा अात्महत्या गर्ने कारण ,त्यसको समाधान , किशोर किशोरीको भुमिका ,अात्महत्या रोज्नुमा मानसिक समस्या मुख्य कारण ,मानसिक समस्या निराकरणका लागि निशुुल्क मनोपरामर्श कसरी पाउने, नेपाल सरकारले प्रदान गर्ने निशुल्क हेल्पलाईन जस्ता विषयमा सामी परियोजनाकि मनोपरामर्शकर्ता सुमित्रा चौधरीले सहजिकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

