वीरगंज २५ गते शुक्रबार
। जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले प सरकारी कागज छाप दस्तखत किर्ते मुदाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले मिश्रलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ बस्ने ४८ वर्षीय मदन मिश्रा रहेका छन । पर्सा जिल्ला अदालतको लागत नम्बर १५५८ को मिति २०७५ /०५/१५ गरेको फैसलाले मिश्रलाई १ वर्ष कैद र १ ,२५००००० ( एक करोड पच्चीस लाख ) जरिवाना तोकिएकोमा हलसम्म फरार रहेको हुँदा मिश्रलाई गाउँघरमा बस्दै आएको सूचनाको आधारमा मिति २०७८ /०५ /२४ गते बेलुका १८:०० बजेको समयमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका मिश्रलाई आजै सम्मानित पर्सा जिल्ला अदालत बुझाइने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

