दोरेन्द्र खड्का / बझाङ
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भरखरै वडा तहको अधिवेशन सम्पन्न भएको छ । पालिका, क्षेत्रीय र जिल्ला तहको अधिवेशन नजिकिँदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
यस्तै बझाङ जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापति पदमा धन बहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस नेता खड्काले दोस्रो पटक क्षेत्रीय सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन । आफ्नो पालिकाका नेताकार्यकर्ताहरु संग उनले उम्मेदवारी घोषणा गरेका हुन ।
उम्मेदवारी घोषणा गर्दै खड्काले आफ्नो उम्मेदवारी तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी संगठन निर्माण गर्न भएको बताए ।
उक्त क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा कांग्रेस पराजित भएकाले पार्टी पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको खड्काले बताए ।
क्षेत्रीय सभापतिमा अन्य कोहि आकांक्षीहरू नदेखिएकाले खड्कालाई नै सर्वसम्मत सभापति चयन गर्ने गरि छलफल अगाडि बढाएको पूर्व क्षेत्रीय सभापति गणेश भण्डारीले बताए ।
‘अहिलेसम्म सभापतिका अरु दाबेदार देखिनु भएको छैन ।’ भण्डारीले भने, ‘सर्वसम्वत रुपमा उहाँ (धनबहादुर) सभापति हुने सम्भावना बढि छ । त्यसका लागि हामी छलफल गरिरहेका छौँ ।’
वर्तमान क्षेत्रीय कमिटीको सभापति समेत रहेको खड्काले दोस्रो कार्यकाल पनि सभापतिमा दोहोरिन चाहेका छन् । वित्थडचिर गाउँपालिका–२ स्याँडीका ४६ वर्षीय नेता खड्का विद्यार्थी राजनीतिदेखि कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन ।
उनी यसअघि तरुणदल र कांग्रेस जिल्ला कार्य समिति बझाङ्गको सदस्य समेत बसिसकेका छन् । बझाङ्गमा कांग्रेसको संगठनभित्र बलियो पकड जमाएका खड्का पेशाले कानून व्यवसायी पनि हुन । जिल्लामा बौद्धिक व्यक्तित्वको ख्याती समेत कमाएका उनले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ गरेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

