पुस्पा गिरी/नवलपरासी २५ भाद्र : नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध प्रतापपुर गाउपालिकाको गोपिगन्ज बजारमा मसाल जुलुस सहित प्रदर्शन गरेको छ । बुद्धबस्ती चोकबाट छापामार शैलीमा निस्किएका क्रान्तिकारी माओवादी र मोर्चाका नेता कार्यकर्ताले गोपिगन्ज बजारको नहर चोकमा कोण सभा गरेका थिए ।
कार्यक्रममा स्थानीय बासिन्दाले साथ दिदै सहभागी भएका थिए । गोपिगन्जबासीले एम. एम .सि बिरुद्ध कार्यक्रम ल्याएको भन्दै क्रान्तिकारी माओवादीलाई धन्यवाद दिएका थिए । सार्बभौमसत्ताको विषयमा हुने आन्दोलनका कार्यक्रममा आफुहरुको सधै साथ रहने भन्दै मसाल जुलुसकर्ताहरुलाई स्थानीयले तालीले स्वागत गरेका थिए । “एमसिसि खारेज गर ! वैदेशिक हस्ताक्षेप बन्द गर !! ” लगायतका नाराबाजी गर्दै निकालिएको राके जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए । कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्र बहादुर थापा क्षेत्रीले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रम क्रान्तिकारी माओवादी जिल्ला सचिवालय सदस्य बोल्गा नेपालको संचालनमा भएको थियो । क्रान्तिकारी माओवादीले एम सि सिको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ । यसैबीच भाद्र २५ गते देखि डेढ महिने राजनिती सम्पर्क संगठन र संघर्स ( राससस) अभियान उदघाटन गर्दैछ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

