महेश यादव , नवलपरासी /२४ भदौ
पाल्हिनन्दन गाउँपालिकामा बाढी प्रभावित तथा गरीब परिवारहरु लाई राहत वितरण गरिएको छ । एविसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे समन्वय तथा लालिगुराश किशोर किशोरी संजालकाे अायाेजनामा बाढि प्रभावित तथा गरिब परिवारजनलाई राहत सामाग्री वितरण गरिएको हाे ।
संजालका अध्यक्ष विशाल कुमार गाैतमकाे अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दिपक )काे प्रमुख अतिथतामा ४० घरधुरीलाई राहत स्वरुप खाद्यान्न तथा सनेटरि प्याड लगाएतका सामाग्री वितरण गरिएको हाे ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि गुप्ताले बाढि प्रभावित तथा गरिब परिवारलाई परेको प्राकृतिक मार्काले एक छाक टार्न कठिन भएको बताउदै छाक टार्नकाे लागि बाढि प्रभावित तथा गरिब परिवारजनलाई पालिकाकाे तर्फ बाट र अाफु स्वम सधै साथ सहयोग गर्ने बताउनुभएको थियो । साथै एविसि नेपाल स्ट्राेम फाउन्डेसनको सहयोगमा अाफु स्वम पहल गरेर राहत स्वरुप खाद्यान्न र सेनेटरि प्याड लगाएतका सामाग्री वितरण गराएको बताए । उहाले यस्तो कठिन परिस्थितिमा बाढी प्रभावित तथा गरिब परिवारलाई सहयोग गरेकोमा एविसि नेपाल र एविसि नेपालका सम्पूर्ण टिम तथा किशोर किशोरीहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

राहत वितरण गर्दै एविसि नेपालका कृति थापा र किशोर किशोरी हरुकाे संयुक्त उपस्थितिमा प्रति घरधुरीलाई जीरा मसिनो चामल ५० किलो ,मसुरो दाल २.५ किलो ,रहर दाल २.५किलो ,चिउरा २ किलो ,खाने तेल २ लिटर ,नुन २ किलो र सेनेटरी प्याड ५ पाेका लगाएतकाे सामाग्री ४० घरधुरी लाई वितरण गरिएको थियो । कार्यक्रम सञ्चालन एविसि नेपालका सुपरभाइजर राजेश अार्याले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

