Rashtriya Dainik

जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु चालक फरार

उत्तमकुमार थापा बझाङ

जिपकाे ठक्करबाट ४ बर्षिया बालकको मृत्युु भएको छ ।
बिहीबार राति साढे सात बजेको समयमा केदारस्यू गाउँपालीका ४ वागथाला नजिकै चालक १ देउरा बस्ने बर्ष २८ देखि ३० बर्षका बिकास भण्डारीले चलाएकाे से १ ज ९६८ नम्बरको जिपले बागथला वडा नम्बर ४ बजारमा बस्ने अनिल रावलकाे छाेरा ४ बर्षिया याेगेन्द्र रावलकाे मुत्यु भएको हाे ।

उहालाई जिवले सडक क्रस गर्ने क्रममा ठक्कर दिएपछि रावल सिकिस्त घाईते हुनुभएको थियाे भने उहाँ लाई उपचारको लागि देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा लिएकाे र रावलकाे टाउकाेमा गम्भीर चाेट लागेको कारण उपचारको क्रममा ७ बजेर ४० मिनेटमा मृत्युु भएको प्रहरीले जनाएको छ । फरार रहेका चालककाे खाेजतलास भईरहेकाे प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित