पुस्पा गिरी/नवलपरासी २४ भाद्र
नेकपा ( क्रान्तिकारी माओवादी ) र देशभक्त जनगणतन्त्रिक मोर्चा पश्चिम नवलपरासीले एम.सी.सी परियोजना विरुद्ध बर्दघाटमा कालो झन्डा सहित प्रदर्शन गरेको छ ।
बर्दघाटको शान्तिनगरचोकबाट कालोझन्डा प्रदर्शन सहित निस्किएको र्याली चिसापानी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । एमसिसि खारेज गर ! वैदेशिक हस्ताक्षेप बन्द गर !! लगायतका नाराबाजी गर्दै निकालिएको जुलुस पछिको कोणसभामा बोल्ने बक्ताहरुले एमसिसि रास्ट्र बिरोधी रहेको बताएका थिए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि भण्डारीले वैदेशिक हस्तक्षेपको बिरुद्ध देशभक्तहरु एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता रामचन्द्र पोखरेलको संचालनमा भएको थियो ।
क्रान्तिकारी माओवादिले एम सि सिको विरुद्ध चरण बद्द आन्दोलन गर्ने जनाएको छ ।



राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

