Rashtriya Dainik

टिम नेपाे पाल्पाकाे अध्यक्षमा: गहतराज

पाल्पा- सामाजिक कार्य गर्नका लागि स्थापित सस्था टिम नेपाे पाल्पाकाे जिल्ला अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएको छ । समाजमा कम अवसर पाएका व्यक्तिहरूकाे उत्थानकाे लागि कार्य गर्ने हेतुले जिल्ला पाल्पामा सस्थाकाे शाखा विस्तार गरिएको थियाे । जस्काे अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएकाे छ । उपाध्यक्षमा निशा मरासिनी , राजेश बाेहाेरा ,सचिवमा सुशील बस्याल,सह सचिवमा विष्णु पाैडेल,पाटनरसीप काेडसनेटरमा माधव पाण्डे,काेषाध्यक्षमा लक्ष्मी बम्रेल,सदस्यहरूमा ग्रिष्मस राना,सराेज विश्वकर्मा चयन हुनुभएको छ ।
निर्वाचन अध्यक्ष गहतराजले अागामी दिनमा सस्थाले जिल्लाका सामाजिक कार्यहरूमा अाफ्नाे कार्य केन्द्रित गर्ने बताउनुभयो । सस्थाले समाजमा कम अवसर पाएका तथा अार्थिक अवस्था कमजाेर भएका व्यक्तिहरूलाई केन्द्रित गरि कार्यक्रम अगाडि बढाउने बताउनुभयो । हाल सम्म टिम नेपाे नेपालका करिब ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरेकाे बताउनुभयो । युवाहरूकाे जमात रहेको सस्थाले समाजका व्यक्ति तथा समुदाय समक्ष पुगी, सामाजिक कार्य गरि सस्थालाई छुट्टै पहिचान दिई पाल्पामा अाफ्नाे कार्यलाई अगाडि बढाउने अध्यक्ष गहतराजले बताउनुभयो । गहतराजले पत्रकारीता क्षेत्रमा कलम चलाउदै अाउनुभएकाे छ ।
सस्थाका रूपन्देही अध्यक्ष सुमन पाेखरेलले टिमाे नेपाेले विगत लामाे समय देखि सामाजिक कार्यहरू सञ्चालन गरिरहेकाे बताउनुभयाे । देशका करिब ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरेकाे बताउनुभयो । सस्थाले कम अवसर पाएका समुदायका नागरिकहरू समक्ष पुगी सामाजिक कार्यलाई अगाडि बढाएकाे बताउदै पाल्पा शाखाले पनि अागामी दिनमा कार्य अगाडी बढाउन सकाेस भनी शुभकामना दिनुभयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित