Rashtriya Dainik

जिराभवानी गाउँपालिकामा ६२ घर परिवारलाई राहत बितरण तथा धारा हस्तान्त्रण

भदौ २१ । पर्साको जिराभवानी गाउँपालिकाको वार्ड नं.२ को सेड़वा मुसहर बस्तीमा एकल महिला, अपांग , तथा अति बिउतपन्न ६२,घर परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । भोलिन्टीयर कर्प नेपाल (भिसिएन) काठमाण्डौले सेढवाको मुसहर टोलमा रहेका ६२ घर परिवारलाई प्रति परिवार २५ के.जी चामल, एक किलो दाल, एक प्याकेट नुन, एक बोतल खाने तेल, नुहाउने तथा भाडा सफा गर्ने साबुन एक एक पिस र दाँत माजने मंजन एक पिस प्रदान गरिएको भिसिएनका पर्सा संयोजक प्रकाश थारुले जानकारी दिनु भयो ।
जिराभवानी मंन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि सेढवा टोलका मुसहर तथा दलित बस्तीका ६२ घरका प्रत्येक परिवारलाई भिसिएनका अध्यक्ष दिपक चापागाई तथा उपाध्यक्ष राधा मटाङगी, सशस्त्र प्रहरी सुरक्षा बल जिराभवानीका सशस्त्र प्रहरी निरिक्षक केदार राईले संयुक्तरुपा हस्तान्त्रण गर्नु भयो । सो कार्यक्रमको सहजीकरण संयोजक प्रकाश थारुले गर्नु भयो ।
यसैबिच, भिसिएनले सोहि स्थानमा करिब ४० घर परिवारलाई प्रयोगका लागि घरमा रु २८ हजारको लगानिमा निर्माण गरिएको अटोमेटिक धारा समेत हस्तान्त्रण गरेको छ । सो कार्यक्रममा एक स्थानीले अर्को पनि एउटा घाराको माग गर्दा भिसिएनका अध्यक्ष दिपक चापागाईले सोहि समयमा एक अर्को धाराका लागि चाहिने रकम पनि प्रदान गर्नु भयो ।
कार्यक्रममा स्थानिय पत्रकार ओम प्रकाश चौधरी, भिसियनका बिस्वास लामिछाने, सुनिल भंडारी लगायतको पनि सहभागीता रहेको थियो भन्ने कार्यक्रमको संचालन राजेन्द्र सिंह राजपूत ले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित