Rashtriya Dainik

प्रदेश नं.२ मा “बेटी पढाउ, बेटी बचाउ” अभियान

पर्सा २१ भदौ
प्रदेश नं.२ सरकारको लोकप्रिय कार्यक्रम मुख्यमन्त्री “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत नेपाल राष्ट्रिय मा. वि. पटेर्वा सुगौली गाउँपालिका २ नं. वडा रङ्गपुरमा अध्ययनरत कक्षा-८ का ४६ छात्राहरुलाई साईकल वितरण गरिएको छ ।
बिधालय ब्यवस्थापन समितिको अध्यक्ष इजहार मियाको अध्यक्षतामा भएको कार्यक्रममा मा. हरिनारायण रौनियार, मा. मन्जुर अन्सारी, जसपा नेपालको केन्द्रिय सदस्य फिरोज मन्सुर, संघीय परिषद सदस्य सलाउदीन अहमद, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव, र युवा नेता शिव कुमार साहले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा युवा नेता गौरीशंकर साह, भुलन हवारी, रामदेनी यादव, पत्रकार लालबाबु बानिया, पटेर्वा सुगौली गाउँपालिका शिक्षा प्रमुख सम्भु साह, प्रहरी प्रसासन, बिधालयका शिक्षक र बिद्यार्थी एवं स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित