Rashtriya Dainik

नेपाल अब छिटै हिन्दु रास्ट्र घोषणा हुने :हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल

राजन कुमार बानिया/पर्सा,२१ भदौ
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने नेपाल अब छिटै हिन्दु रास्ट्र घोषणा हुने दाबी गर्दै अाज पर्साको पोखरिया नगरपालिकामा रहेको सहिद चन्दन पटेल नजिक हिन्दु परिषद नेपालद्वारा जन जागरण कार्यक्रम लाई संबोधन गर्नु भएको थियोे । प्रमुख अतिथि रहनु भएका अध्यक्ष पटेल ले भने राजनीतिक दलहरुको आपसी स्वार्थ र भागभण्डा,तोडफ़ोड़,भस्टाचार,अपराधीकरण र बिदेशी प्रभु लाई खुस गर्न यो बिदेशी दलाल हरु ले ब्यस्त रहेका छन।कोरोना महामारी नेपाली जनताको पीड़ादायी अवस्था हुदा समेत तीन तहको सरकार आफैमा मस्त र मगन रहदा अब नेपाली जनताले सु-शासन र समृद्धिको आशा को संग गर्ने भन्ने प्रश्न उब्जिए को छ। अध्यक्ष पटेल ले भने अब समय नजिक अाईसकेको छ छिटै नै नेपाल लाई हिन्दु रास्ट्र घोषणा हुने दाबी गर्नु भएको थियो।देशको राजनीतिक दल असफल भई सकेको र प्रायः बिभिन निकाय राजनीतिक दलको चेपुवा रहेको हुदा नेपाली जनताको आशा र भरोशा भनेको नै नेपाली सेना हो।अब सेनाले मात्र मुलुक बचाऊँ सक्छ।पटेल भने नेपाली लाई मात्र आफ्नो मातृभुमिको माया हुन्छ बिदेशी लाई होइन तर दुर्भाग्य भन्नु पर्छ की राजनीति गर्ने नेपालमा र खुशी गर्ने बिदेशी प्रभु लाई।अब अखण्ड नेपाल र नेपाली जनताको अस्तित्व बचाऊँनको लागी सैनिक शासनको अपरिहार्य आवश्यकता रहेको पटेलले जोड़ दिएका छन। हिन्दु परिषद नेपालको जन जागरण सभालाई सहिद चन्दन पटेलको सालिकामा फुलमाला लगाई अावरण गरि सभा लाई अगाडि बढाएका थिए।जन जागरण सभा हिन्दु परिषद नेपाल का सदस्य अकलेस पटेल को अध्यक्ष्ातामा समपन भएको थियोे ।कार्यक्रममा केन्द्रीय सदस्य सुरेश साह, लालबाबु कुर्मी,बिनोद पटेल,लालबाबु बानिया, जिल्ला सदस्य अमोद केवट, लगायत हिन्दुहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा स्वागत मन्ब्य शिक्षक मनोज पटेलले गर्नु भएको थियो भने कार्यक्रम संचालन धर्मेन्द्र चौरसिया ले गर्नु भएको थियो। जन जागरण सभामा भोजपुरि गायक सुनिल पंडित र किरण साहले अाफ्नो सास्कृतिक कार्यक्रम गरेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित